तानसेनमा दोस्रो स्मृति कप भलिबल प्रतियोगिता हुने !
सुमन बाकाबल
पाल्पा- तानसेन नगरपालिका–१२ लु्हुङगमा रहेको श्री जनजागृति युवा क्लबले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा दोस्रो स्मृति कप–२०८२ आयोजना गर्ने भएको छ । स्व.रुकबहादुर थापा र स्व.विजय थापाको सम्झनामा हुने प्रतियोगिता वडा स्तरिय पुरुष भलिबलमा केन्द्रित हुनेछ ।
प्रतियोगिता आगामी असोज ६ गतेदेखि सुरु भई असोज ११ गतेसम्म सञ्चालन हुने प्रतयोगिता संयोजक हेमन्त थापाले जानकारी दिएका छन् । प्रतियोगितामा विभिन्न स्थानका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा विजेता टिमलाई ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वना हुने टोलीलाई ६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । साथै उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न विधागत पुरस्कारबाट सम्मान गरिनेछ ।
यसै अवसरमा राष्ट्रिय गायक श्याम रानाको विशेष प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएका छन । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै आपसी एकता र सद्भाव बढाउने विश्वास आयोजकले लिएको छन ।








































Comments