तानसेनमा दुई दिने पारिवारिक व्यवसाय तालिम

पाल्पा-तानसेन नगरपालिका वडा नम्बर ४ को आयोजनामा र कम नेपालको सहजीकरणमा दुई दिने पारिवारिक व्यवसाय तालिम तानसेनमा भएको छ ।

 

कार्यक्रम उद्घाटन गर्दै वडा नम्बर ४ का वडा सदस्य तथा प्रमुख अतिथि हरि बहादुर थापाले युवाहरूलाई स्वदेशमै सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सिप सिकेपछि स्वदेशमै व्यवसाय गर्दै परिवारलाई आर्थिक रूपमा सबल बनाउने अवसरको उपयोग गर्न आग्रह गर्नुभयो ।

 

तालिममा कम नेपालका कार्यकारी प्रमुख आशिष खड्का र कार्यपालिका सदस्य सन्जय घलेले प्रशिक्षण प्रदान गर्नुभएको छ । निशा गौतमको अध्यक्षतामा सञ्चालन भएको तालिम शुक्रबारसम्म जारी रहनेछ । यो तालिम Swiss Create Business Academy Switzerland बाट मान्यता प्राप्त भएकोले सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सिप हासिल गर्ने अवसर पाउने छन् । यो तालिम पहिलो मोड्युल हो र आगामी असारसम्म थप तीन चरणमा यस्तै तालिम सञ्चालन हुने छ। इच्छुकले आगामी तालिममा सहभागी भई पारिवारिक व्यवसाय सुरु गर्न सिप सिक्ने अवसर नछुटाउन आग्रह गरिएको छ ।

Comments