तानसेनमा तीन दिने आधारभूत नेल एक्सटेन्सन तथा नेल आर्ट तालिम सम्पन्न

तानसेन — तानसेन नगरपालिकामा महिला सीप विकास कार्यक्रम अन्तर्गत तीन दिने आधारभूत नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिम सम्पन्न भएको छ।

कार्यक्रममा मुख्य सहयोग सामाजिक डिभिजन कार्यालय, पाल्पाआयोजक मितिनी नेपाल पाल्पा शाखा, तथा समन्वय तानसेन नगरपालिका रहेको थियो।

 

तालिमको समापन सत्रमा तानसेन नगरपालिकाका उप–प्रमुख पतिक्षा सिङ्जाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै, नगरपालिकाले समय सापेक्ष सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो  । हाल मितिनि नेपालकेा आयेाजनामा भएकेा नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिमले महिलाहरूको आत्मनिर्भरता, सीप विकास र स्वरोजगारतर्फको महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयेा । 

 

यस्ता खालका सीपमूलक तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्‍याउने बताउदै नयाँ पुस्तामा नेल आर्टजस्ता सृजनात्मक व्यवसायहरू नयाँ सम्भावनाका ढोका रहेकेा बताउनुभयेा ।  तालिम सौन्दर्य क्षेत्रमा मात्र नभएर स्वरोजगार सिर्जना गर्न  क्षेत्रमा माध्यम बन्न सक्ने बताउनुभयेा । नगरपालिकाले आगामी आर्थिक वर्षमा यस्ता रचनात्मक कार्यक्रमलाई बजेटमार्फत प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी विकले यस्ता तालिमकेा माध्यमबाट महिलाहरूकेा क्षमता वृद्वि सँगै आर्थिक सवलीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयेा । साथै तालिममा सिकेका कुरालाई व्यवहारिकता दिन आग्रह गर्नुभयेा । गैर–सरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष यादव शर्माले महासंघमा पाल्पामा ३० भन्दा बढी संस्था सक्रिय रहेको र ती संस्थाले स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।  तानसेन नगर प्रज्ञा प्रतिष्ठानका सदस्य पदम न्यौपानेले यस्ता सीप विकास तालिमहरू महिलाको आर्थिक सशक्तीकरणका लागि निकै महत्त्वपूर्ण हुने बताउनुभयो । 

 

तालिममा सहभागी प्रशिक्षार्थी अर्चना राहुतले तालिम निकै उपयोगी रहेको बताउँदै भविष्यमा आफ्नै व्यवसाय सुरु गर्ने लक्ष्य रहेको बताउनुभयेा । कार्यक्रम मितिनि नेपाल पाल्पाका अध्यक्ष सुनिता राणाकेा अध्यक्षता,उपाध्यक्ष अन्जना अर्यालकेा स्वागत,केाषाध्यक्ष शान्ती झेडी थापाकेा सञ्चालनमा सम्पन्न भएकेा थियेा । प्रशिक्षक समृद्वि राणाले नेल आर्ट तथा एक्सटेन्सनका विभिन्न प्रविधिहरूको आधारभूत प्रशिक्षण दिनु भएकेा थियेा ।

Comments