तानसेनमा शहिद दिवसको अवसरमा नेकपा एमाले तानसेन नगर कमिटीले गर्याे रक्तदान

शहिद दिवशको अवशरमा नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले तानसेन नगर कमिटीले जिल्ला प्रशासन कार्यालय अगाडी शहिद दिवशको अवशरमा रक्तदान कार्यक्रम गरेको हो । एमाले तानसेन कमिटी अध्यक्ष गुराँश आत्रेयले आफैले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । तत्कालीन समयमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द  लाई प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै मृत्यु दण्ड दिई हत्या गरेको थियो । प्रजातन्त्र प्राप्ती माघ १६ गते लाई शहिद दिवशको रुपमा मनाउने परम्परा रहदै आएको छ । 

 

२००७ सालको प्रजातन्त्र प्राप्ती देखी हाल सम्मको सहिदहरुको सम्झनामा नेकपा एमालले तानसेनले रक्तदान गरौ, जिवन बचाउ भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कमिटी अध्यक्ष गुराँश आत्रेयले बताए ।

 

रक्तदान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले शहिद दिवशमा रक्तदान कार्यक्रम गरी पुन्यको काम गरेको बताए । युनाटेड मिशन अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा १६ जना पुरुष र ६ जना महिलाले रक्तदान गरेका थिए । कार्यक्रममा सबै भन्दा बढी उमेरका जिल्ला समन्वय समिती पाल्पाका प्रमुख ५८ बर्षिय टंकनाथ खनालले रत्तदान गरेका थिए । पाटी कमिटी उपाध्यक्ष शशि श्रेष्ठको स्वागत र सचिव महेशलाल शाक्यको संचालनमा कार्यक्रम चलेको थियो । रत्तदान गर्ने रक्तदाताहरु लाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Comments