तानसेनमा सञ्चालित वडा स्तरीय ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी वडा न ७ का घिमिरे र रायमाझीलाई
पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न २ काे कबर्ड हलमा सञ्चालन भएको ब्याडमिन्टन प्रतियाेगिता सम्पन्न भएको छ । तानसेन नगरपालिका वडा न २ काे आर्थिक सहयोग र नारायण युवा क्लबकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे उपाधी तानसेन नगरपालिका वडा न ७ का खेलाडी सुमित कुमार घिमिरे र जीवन रायमाझीले प्राप्त गरेका छन ।
शुक्रबार कार्यक्रमका प्रमुख अतिथि नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गर्नुभएको खेल शनिबार सम्पन्न भएको हाे । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको प्रतियाेगितामा तानसेन नगरपालिकाका विभिन्न वडाबाट खेलाडीहरू सहभागी रहेका थियाे ।
प्रतियाेगितामा प्रथम हुने तानसेन वडा न ७ का सुमित कुमार घिमिरे र जीवन रायमाझीलाई नगद रूपैयाँ २० हजार सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । द्वितीयमा तानसेन वडा न २ का महेश मान बज्राचार्य र एविन श्रेष्ठ भएका छन । उनिहरूले रूपैयाँ १० हजार,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । भने तृतीयमा वडा न ७ का अमिर मास्की र विशाल भण्डारी भएका छन । भने अर्काे तृतीयमा वडा न ४ का कमल पल्ली र वृजेश शारू भएका छन । उनिहरूले जनही रूपैयाँमा ५ ,५ हजार ,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यले बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले वडाले वि स २०७५ साल देखि वडा न २ मा बजेट बिनियाेजन गरि प्रतियाेगिता गर्दै आएकाे बताए । वडा स्तरमा याेजना गरिएकाे प्रतियाेगिताले राष्ट्रिय स्तरका खेलाडीकाे उत्पादनमा टेवा पुर्याउने अपेक्षा वडाकाे रहेको बताए । पाल्पा जिल्लाकाे सदरमुकाम तानसेन आफैमा सुन्दर सहर रहेकाे बताए । तानसेनको विकास पर्यटनबाट नै सम्भव रहेको बताए । त्यसै माथि तानसेनमा खेलकुद सम्भावना रहेको बताए । कार्यक्रममा तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालकाे उपस्थिति रहेको थियाे ।
तानसेन नगर सरकारले तानसेनलाई खेल पर्यटनकाे माध्यमबाट पनि विकासमा गर्न खाेजी रहेको बताए । वडा स्तरमा आयाेजना हुने यस्ता प्रतियाेगिताले खेलाडीकाे पहिचान गर्न र तानसेनलाई खेल पर्यटनकाे रूपमा विकास गर्न सहयोग गर्ने बताए । वडाले नारायण युवा क्लबसँग सहकार्य गरि ब्याडमिन्टन खेल्नकाे लागि कबर्ड हलकाे अभाव रहेकोमा हाल भवन बनाउन सफल भएको बताए । साथै आगामी दिनमा प्रतियाेगितालाई वडा सरकारले निरन्तर बजेट बिनियाेजन गर्ने बताए । कार्यक्रम नारायण युवा क्लबका सचिव विनायक महर्जनकाे सञ्चालन र अध्यक्ष प्रविन राज शाक्यकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments