तानसेनमा पानीका मुल संरक्षण गर्न वृक्षरोपण

पाल्पा- तानसेन खानेपानी उपभाेक्ता समितिले खानेपानीकाे मुल संरक्षण गर्न वृक्षारोपण गरेको छ । समितिले अमर नारायण मन्दिर परिसरको फुलबारी र तीनधारामा वृक्षारोपण गरेको हाे । रूख भए पानी,पानी भए हामी भन्ने मुख्य उधेश्यले समितिले खानेपानीका मुहान क्षेत्र भित्र वृक्षारोपण गरेको हाे । समितिले तानसेनमा खानेपानीकाे आपुर्तिका लागि जति पनि स्थानबाट पानी ल्याइएकाे छ । ति खानेपानीका मुहानहरूकाे मुलकाे संरक्षण गर्न वृक्षारोपण गरिने कार्य प्रारम्भ गरेको तानसेन खानेपानी उपभोक्त समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले बताउनुभयाे । तानसेनमा रहेकाे खानेपानी समस्यालाई समाधान गर्न समितिले प्रयास गरिरहेकाे बताउनुभयो । नयाँ समितिले तानसेनकाे खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ मुहानहरूकाे खाेजी गर्ने र त्यसलाई संरक्षण गर्ने,पानीकाे धारा नपाएकै कारण बसाइँसराइ बढिरहेको परिस्थितिमा घरजग्गा खरिद गरे पश्चात् वा नक्सा पास गरे पछि धारा वितरण गर्ने कार्यकाे प्रारम्भ गरिएकाे बताए । नेपाल सरकारकाे नीति अनुसार एक घर एक धारा अभियान अन्तर्गत पानीका धारा नपुगेका घरहरूमा धारा 

 वितरण गरिएकाे बताए । तानसेन खानेपानी उपभोक्ता समितिकाे व्यवस्थापकिय पक्षलाई सुधार गरि अहिले तानसेन बासीलाई सहज रूपमा खानेपानी आपुर्ती गर्न समितिले प्रयास गरिरहेकाे बताए । अब समितिले अमर नारायण मन्दिर परिसरमा रहेको धाराबाट रातीकाे समयमा खेरा गइरहेको पानी संकलन गरि वितरण गर्ने याेजना बनाएको बताए ।

 

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र न २ का संघीय सांसद ठाकुर गैरेले तानसेनमा खानेपानीकाे समस्या समाधान गर्नका लागि समितिले गरेको मेहनत र प्रयास प्रशंसनीय रहेको बताए । खानेपानी उपभोक्ता समितिले पानीका मुहान संरक्षण गर्न वृक्षारोपण गरेकोमा धन्यवाद ज्ञापन गरे । वृक्ष राेपेर मात्र त्यस्काे औंचित्य पूरा नहुने भएकाले राेपिएका बिरूवाहरूकाे उचित संरक्षण र गाेडमेलमा पनि ध्यान दिनुपर्ने बताए । सांसद गैरेले पाल्पामा रहेका भगवती मन्दिर,अमर नारायण मन्दिर लगाएत ऐतिहासिक,धार्मिक स्थलहरूलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्नुपर्ने बेला आएकाे बताए । यी सम्पदाहरू विश्व सम्पदा सुचिमा सुचिकृत गरिरहदा   यी स्थलहरूकाे दिर्घकालीन विकास गर्न सकिने बताए । सांसद गैरेले अमर नारायण क्षेत्रकाे विकासका लागि थप पहल कदमी लिनुपर्ने बताए । यस क्षेत्रकाे आफ्नै छुट्टै धार्मिक र ऐतिहासिक महाेत्व छ । उक्त महाेत्सवलाई संरक्षण र प्रचार प्रसार गर्न नगर सरकारसँग सहकार्य गरि अगाडि बढ्ने बताए । 

 

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले तानसेन नगरपालिका भित्रका महाेत्वपुर्ण सम्पदाहरू ओझेलमा परेकाे बताए । यस्ता संम्पदाकाे संरक्षण,प्रचार प्रसार गर्न अब सबै पक्ष एक जुट भएर लाग्नुपर्ने बेला आएकाे बताए । खानेपानीकाे सहज उपलब्ध गराउनका लागि धेरै जसाे समितिहरूले पानी ल्याउने तर मुल संरक्षणमा भने ध्यान नदिने गरेको बताए । तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानी मुल संरक्षण गर्न वृक्षारोपण कार्यक्रम आरम्भ गरेकोमा धन्यवाद दिए । याे बर्ष अमर नारायण फुलबारीलाई हरित पार्ककाे रूपमा निर्माण गर्न, ऐतिहासिक पाेखरीकाे संरक्षण गर्न २० लाख बजेट बिनियाेजन गरिएको बताए । तानसेन सदरमुकाम नजिकै रहे पनि उचित संरक्षणकाे अभावले फुलबारी क्षेत्र अभिभावक बिहिन जस्तै भएकोले यस्काे संरक्षण गर्न र हरावरा बनाउन सबै पक्ष ऐक्यबद्ध भएर लाग्नुपर्ने बताए ।

 

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ,तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा सिङ्जाली,नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,नेकपा एमालेका जिल्ला अध्यक्ष ओम बहादुर घर्ती मगर,नेकपा माओवादीका पाल्पा  जिल्ला सचिव मथुरा ढकाल,राष्ट्रिय स्वतन्त्र पाटी पाल्पा उपसभापति सुमन गैरे,राष्ट्रिय प्रजातन्त्र पाटी पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आन्नद काफ्ले,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि,समाजसेवी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियाे ।

Comments