तानसेनमा नगरस्तरीय छात्र–छात्रा विद्यालय कप क्रिकेट प्रतियोगिता सुरु
तानसेन, पाल्पा – २०८२ जेठ तानसेन नगरपालिकाको आयोजनामा नगरस्तरीय छात्र तथा छात्रा विद्यालय कप क्रिकेट प्रतियोगिता २०८२ को भव्य शुभारम्भ गरिएको छ।
उक्त प्रतियोगिताको उद्घाटन नगर प्रमुख सन्तोष लाल श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको हो । उद्घाटन कार्यक्रम तानसेन नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ४ का अध्यक्ष हेमन्त राज शाक्य, जिल्ला भलिबल संघ पाल्पाका महासचिव कृष्ण आले, वडा सदस्य हरि बहादुर थापा तथा सिता बस्नेत, साथै जिल्ला क्रिकेट संघ पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरस्तरीय प्रतियोगिताहरूले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र खेल भावना विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै, यस्ता कार्यक्रमले प्रतिभावान खेलाडीहरू पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयाे । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका छात्र तथा छात्राहरूले सहभागिता जनाएका छन् । उद्घाटन समारोहको अवसरमा खेलाडीहरूको मार्चपास, राष्ट्रिय गान र शुभकामना मन्तव्यहरूसमेत प्रस्तुत गरिएको थियो ।








































Comments