तानसेनमा लैंगिक समानता,अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) रणनीतिक सम्बन्धि कार्यशाला सम्पन्न
पाल्पा-लैंगिक समानता,अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) रणनीतिक सम्बन्धि पहल र यसकाे कार्यान्वयन स्थिति छलफल कार्यशाला तानसेनमा सम्पन्न भएको छ । कार्यक्रम सि डि डब्लु एनकाे सहकार्य ,स्थानीय सरकार सबलीकरण अस्ट्रेलियन ए आइ डि, द एसियाली फाउन्डेसनकाे प्राविधिक सहयोग र तानसेन नगरपालिकाकाे आयाेजनामा भएको हाे ।
प्रभावकारी र समावेशी सुदृढीकरण कार्यक्रम”GEDSI पहलको स्थिति, चुनौती र सफलताहरु साथै उत्कृष्ट अभ्यासहरुमा साझा कार्यशालालाई सम्बाेधन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले लैङ्गिक समानता तथा अपाङ्गता सामाजिक समावेशीकरणलाई अंगिकार गर्न नगर सरकार लागि परेको बताए । उनलेे सामाजिक समावेशीकरण पहलको स्थिति, चुनौती र सफलताहरु साथै उत्कृष्ट अभ्यासहरुमा नीतिगत रूपमा काम गर्ने प्रयास गरेको तर याे पूर्ण हुन समय लाग्ने बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले जारी गर्ने ऐन, कानुन, निर्देशिकामा लैसअसासमा ध्यान दिईएकाे बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले उपप्रमुखसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागिएको बताईन् । तानसेन नगरपालिकाले लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) रणनीतिक कार्ययोजना आगामी नगर सभाबाट अगाडि बढाउने र लैसअसास पास गर्ने बताइन । तानसेन नगरपालिकाले तानसेनलाई महिलामैत्री शहरकाे रूपमा अगाडि बढाउने कार्यक्रम ल्याउने बताइन ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अनुरूप महिलाहरू राज्यका विभिन्न तहमा नेतृत्व गरिरहेकाे बताए । साेही व्यवस्था अनुरूप तानसेन नगरपालिकाका विभिन्न तहमा महिलाहरू निर्वाचित भइ नेतृत्वमा आएकाे बताए । नगरपालिकाले महिला जनप्रतिनिधिहरूलाई विभिन्न समिति संयाेजककाे भुमिका प्रदान गरेको बताए । नगरपालिकाले नगर भित्रका महिला,एकल महिला,दलित ,पिछडिएकाे व्यक्ति,फरक क्षमता भएका व्यक्ति,लैगिक अल्पसंख्यकहरूलाई विभिन्न क्षमता अभिवृद्धि,नेतृत्व विकासका तालिम एवम स्वराेजगार मुलक सिप प्रदान गर्न बजेट बिनियाेजन गर्दै आएकाे बताए । निकट समयमा नै नगरपालिकाले सार्वजनिक स्थलका खुला धारा,ढुंगे धारा तथा पधेराकाे नजिकै स्तन गृह बनाउने याेजनाका साथ अगाडि बढेको बताए । नगरपालिकाले फरक क्षमता अपांगता भएका घ बर्गका व्यक्तिलाई मासिक भत्ता प्रदान,छाेरी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका बताए । कार्यक्रममा महिला कार्यपालिका सदस्यहरूकाे सहभागीता रहेको थियाे । कार्यक्रम कार्यपालिका सदस्य सविता भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments