तानसेनमा खानेपानीकाे महसुल घटाउन कांग्रेस र एमाले गठबन्धनकाे माग

पाल्पा-नेपाली काङ्ग्रेस तानसेन नगर कार्यसमिति  र नेकपा एमाले तानसेन नगर कमिटीले संयुक्त रूपमा तानसेन खानेपानीकाे महसुल घटाउन माग सहित ध्यानाकर्षण गराएका छन । 

 

बिहिवार नयाँ कांग्रेस एमाले गठबन्धनको पाल्पामा पहिलाे बक्तव्य अनुरूप खानेपानी शुल्क घटाउने माग सहित ध्यानाकर्षण गराएका हुन । तानसेन नगर कार्यसमिति सभापति सुवर्ण मुनि शाक्य र नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रयद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ । तानसेनबासीलाई घरघरमा प्रयाप्त खानेपानी सहज र सुर्लभ तरिकाले पुर्याउन तानसेन खानेपानी उपभोक्ता समितिकाे कर्तव्य हाे ।यसका लागी सम्पूर्ण उपभोक्ता, पाल्पामा क्रियाशिल राजनीतिक दल, नागरिक समाज लगायतले समितिलाई पूर्ण सहयोग र सहकार्य गरिरहेको स्मरण गर्न चाहान्छौ ।

 

तानसेनमा खानेपानी जम्मा गर्ने र वितरण गर्ने प्रकृयामा समस्या रहेकोले सो प्रकृ‌यामा सबैको सहकार्य र सहजिकरणको आवश्यकता रहेको जनाएका छन । तानसेन खानेपानीको महशुल दर बढी भएको उपभोक्ताहरुको गुनासो आएको छ । अहिले केन्द्र सरकारबाटनै खानेपानीमा प्रयोग हुने विद्युत महशुलमा पचास प्रतिशत छुट दिएको र सो छुट तानसेन खानेपानीले प्राप्त गरीरहेको छ । तानसेन खानेपानीले विद्युतमा पाएको छुट अनु‌सार उपभोक्ताहरुले तिर्ने महशुल दरलाई पुर्नमुल्याइन गरी घटाउन जोडदार माग गर्दछौ । विज्ञप्तिमा उल्लेख गरेको छ । 

 

समग्र तानसेनकाे विकास र जनताको समस्यामा सहकार्य र सहजिकरण गर्दै जाने अभियान अर्न्तर्गत एमाले र कांग्रेस नगर कमिटी एक भएर लाग्ने र अरुदलसंग पनि सहकार्य गर्ने एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रयले बताउनुभयो । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले समितिले उपभोक्ताहरुले तिर्ने महशुल दरलाई पुर्नमुल्याइन गरि मुल्य संमायाेजन गरिने बताए । तानसेनमा चरम अभाव रहेको खानेपानी समस्यालाई नयाँ समितिले कम गर्न सफल भएकाे बताए । तानसेनमा खानेपानी समस्या समाधान गर्न सम्पूर्ण उपभोक्ता,राजनीति दल,संघ सस्थाकाे सहयोग र सहकार्यले सम्भव भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा महशुलकाे दरलाई पुर्नमुल्याइन गरि मुल्य घटाउई तानसेनका उपभोक्तालाई शुद्व खानेपानी उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गर्नुभयाे ।

Comments