तानसेनमा गणेशको रथयात्रा भाद्र ६ गते निकालिने
पाल्पा, पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकाले प्रचलन रहेको छ । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराउने गर्दछन । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइने प्रचलन रहेको छ ।
परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने प्रचलन छ । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिने गुठीले जनाएको छ । गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयाे । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने प्रचलन रहेको बताउनुभयाे । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो ।
गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेकाे बताउनुभयो । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको स्थानीयकाे भनाइ छ । गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ ।
यहि इतिहास बाेकेकाे श्रीनगर सिद्धि विनायक गणेश जात्रा रथयात्राकाे अध्यक्षमा केदारलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बसेकाे बैठकले दुई बर्षे कार्यकालका लागि अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हाे । जस्काे उपाध्यक्षमा बसन्तमान सिमाङगैडा,सचिवमा दिपेन्द्र मान थैव,काेषाध्यक्षमा शालिकराम बस्याल,सहसचिवमा सुरज श्रेष्ठ,सदस्यहरूमा राम बहादुर थापा,सुनिता श्रेष्ठ,दिपा श्रेष्ठ,सन्तोष मान मलेगाे,राम बहादुर जिसी,धिरज श्रेष्ठ,हरिबाेल भट्टराई,सरस्वती आले चयन हुनुभएको छ ।
त्यस्तै स्थाई आमन्त्रित सदस्यमा मिलिजुली टाेल विकास सस्था,श्री गणेश टाेल विकास सस्था,भगवती भिमसेन टाेल विकास सस्था,शिवालय टाेल विकास सस्था रहेको छन । भने सल्लाहकारमा तानसेन वडा न ३ का वडा अध्यक्ष बाबु रत्न शाक्य,दिप नारायण श्रेष्ठ,सुर्यलाल शाक्य,भुगाेल प्रसाद बैजु रहनु भएको छ ।
बैठकले याे बर्षकाे श्री ७ सिद्विविनायक गणेशकाे जात्रा खटयात्रा भव्य रूपमा मनाउने निर्णय गरेको छ । समितिले भाद्र ५ गते साझ ८ बजे जाग्राम निकाल्ने र ६ गते दिउसाे १ बजे रथलाई बजार परिक्रमा गर्ने निर्णय गरेको छ । जात्राका लागि विभिन्न उपसमिति गठन गरेको छ । अतिथि सत्कार समितिमा बसन्तमान सिमाङगैडा,सुनिता श्रेष्ठ र शालिकराम बस्याल रहनु भएको छ । मंदान समितिमा दिपेन्द्र मान थैव,मनमाेहन सिङ र सन्तोष मलेगाे रहनु भएको छ । प्रचार प्रसार समितिमा सुरज श्रेष्ठ,हरिबाेल भट्टराई र राम बहादुर गाहा रहनु भएको छ । त्यस्तै सदस्य सल्लाहकारमा हिमाल दत्त श्रेष्ठ र सरसफाइ समितिमा धिरज श्रेष्ठ,सरस्वती आले र राम बहादुर जिसी चयन हुनु भएको छ ।








































Comments