तानसेनमा अचार बनाउने सीपमुलक तालिम सम्पन्न, महिला सशक्तिकरणका लागि तालिम
पाल्पा – महिला सीप विकास कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकामा तीन दिने सीपमूलक अचार बनाउने तालिम सम्पन्न भएको छ। तालिममा सहभागी महिलाहरुलाई आप, अकबरे खुर्सानी तथा मासुको अचार बनाउने सीप प्रदान गरिएको थियो । तालिम मितिनी नेपाल तानसेन–२ को आयोजना, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाकेा सहयेाग र तानसेन नगरपालिकाकेा समन्वयनमा भएकेा हेा ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोल लाल श्रेष्ठले नगरपालिकाले पूर्वाधार निर्माण, आर्थिक तथा सामाजिक विकास, सुशासन, र विपद् व्यवस्थापन गरी पाँच मुख्य क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले महिला सशक्तिकरण, दलित र लक्षित वर्गका लागि तालिमहरू सञ्चालन गरिएको र सबै १४ वटै वडामा सीपमूलक कार्यक्रम पुर्याइएको बताउनुभयो । उहाँले सामूहिक रूपमा मिलेर उत्पादन गर्न आग्रह गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिनुभयो ।
तानसेन वडा नं २ का वडाध्यक्ष महेश्वर श्रेष्ठले उत्पादनसँग नजोडिएसम्म दिगो विकास सम्भव नभएको बताउनुभयो । उहाँले यस्ता तालिमले वडाका नागरिकलाई स्वरोजगारमा प्रेरित गर्ने बताउँदै आगामी वर्षकेा बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सामाजिक डिभिजन कार्यालयका प्रमुख मित्रलाल गौतमले अचार नेपाली समाजको संस्कृतिसँग जोडिएको विषय भएको बताउँदै यसलाई व्यवसायिक रुपमा अघि बढाउन सकिने बताउनुभयो। उहाँले अचार व्यवसायले दिगो आम्दानीको स्रोत बन्न सक्ने र सम्बन्धित पक्षहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गैर सरकारी सस्था महासंघ पाल्पा अध्यक्ष यादब शर्मा,मितिनि नेपाल पाल्पाका सल्लाहकार कृष्ण ,प्रणय विर जङ राणा,तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चाय लगाएतले मन्तव्य राख्नुभएकेा थियेा ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष रन्जना अर्यालले स्वागत मन्तव्य दिनुभएकेा थियेा भने प्रशिक्षक विष्णु कार्की,प्रशिक्षार्थी माया राना सिङ्जाली लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम मितिनि नेपाल पाल्पाका अध्यक्ष सुनिता राणाकेा अध्यक्षता,सानीमाया हिस्कीकेा संयेाजकत्व र केाषाध्यक्ष शान्ती झेडि थापाकेा सञ्चालनमा सम्पन्न भएकेा थियेा ।








































Comments