तानसेनमा अब हरेक शुक्रबार इनोभेटिभ ब्वाइजले "दी तानसेन फर्स्ट फ्रीकी फ्राइडे" सञ्चालन गर्ने

पाल्पा- के तपाईं हरेक दिनकाे कामकाे थकाइबाट हप्ताकाे एक दिन रमणीय वातावरणमा रम्न र मिठा खानेकुराकाे स्वाद लिदै सास्कृतिक कार्यक्रममा रमाउने चाहाना राख्नु भएको छ । अब त्याे चाहानालाई छिटै पूरा गर्दैछ, पाल्पा तानसेनमा अवस्थित  इनोभेटिभ ब्वाइजले, इनोभेटिभ ब्वाइजले तानसेनकाे टुडिखेल नजिकै नयाँ मन्चमा हरेक हप्ताकाे शुक्रबार पाल्पामा प्रचलित कला,सस्कृतिकाे प्रदर्शनीसँगै पाल्पा प्रचलित खानेकुराहरू सहितकाे स्टल राखी "दी तानसेन फर्स्ट फ्रीकी फ्राइडे" कार्यक्रम सञ्चालन गर्ने भएको हाे ।

 

इनोभेटिभ ब्वाइजले तानसेनको आन्तरिक पर्यटनकाे प्रवर्द्वन गर्ने र पाल्पामा लाेपन्मुख कला सस्कृति,नयाँ प्रतिभाहरूकाे पहिचानसँगै व्यापार व्यवसायलाई चलायमान गराउने हेतुका साथ कार्यक्रम सञ्चालन गर्न लागेको हाे । इनोभेटिभ ब्वाइजले हरेक हप्ताकाे शुक्रबार साझ ५ बजे देखि ९ बजे सम्म कार्यक्रम सञ्चालन गर्ने सस्थाका अध्यक्ष निरज मल्लले जानकारी दिए । "दी तानसेन फर्स्ट फ्रीकी फ्राइडे"मा नेवारी समुदायमा प्रचलित खानेकुरा याेमरी,छाेइला,बटुक,मम,सेकुवा,कफि,मिल्क सेक लगाएतका खानेकुराकाे स्वाद लिदै सास्कृतिक कार्यक्रम आयाेजना गर्ने बताउनुभयाे ।  

 

इनोभेटिभ ब्वाइजले फाल्गुन ४ गते शुक्रबार पहिलाे कार्यक्रम गर्ने भएको छ । सस्थाकाे मुख्य एजेन्डामा स्थानीय खानाका स्टलहरु,संस्कृति नाच कार्यक्रम,लोकदोहोरी,हिपहप म्युजिक,लाइभ म्युजिक साथै अन्य मौलिकता झल्काउने विषयवस्तुहरू राखिने छ । कार्यक्रम तानसेन वडा न ६ काे  टुँडिखेल स्थित नयाँ मञ्च कार्यक्रम हुनेछ । शुक्रबार हुने भाेलीकाे कार्यक्रममा लाखे नाचँ,गन्धर्व समुदायमा प्रचलित माल श्री गीतकाे साथमा अन्य कलाकेन्द्रहरूकाे बेजोड प्रस्तुति हुने आयाेजकले जनाएका छन । 

 

तानसेनकाे वडा न ६ अवस्थित टुडिखेलकाे नयाँ मञ्चमा हुने कार्यक्रमले स्थानीय कला सस्कृतिकाे संरक्षण,प्रचार सँगै नयाँ प्रतिभाकाे पहिचान हुने र युवाहरूलाई राेजगारीमा अवसर सिर्जना हुने अपेक्षा रहेकाे सस्थाका अध्यक्ष निरज मल्लले बताउनुभयो ।

 

Comments