तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल

तानसेन नगरपालिको आयोजनामा नगरका समुदायसँग प्रत्यक्ष रुपमा कार्यान्वयन हुने  मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच युनोप्सद्वारा तयार गरिएको आर्किटेक डिजाइनको प्रमाणीकरण सम्बन्धमा छलफलमा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

 

कार्यक्रममा स्थानीय समुदाय, सरोकारवाला, विशेषज्ञ, र नगरपालिकाका प्रतिनिधिहरू सहभागी हुनुभएको थियाे । छलफलमा प्रस्तुत डिजाइनले ऐतिहासिक, सांस्कृतिक, र वास्तुकलाको महत्त्वलाई कसरी सम्बोधन गरेको छ भन्ने विषयमा समीक्षा गरिएकाे थियाे । समुदायका सुझाव र प्रतिक्रियालाई प्राथमिकतामा राख्दै डिजाइनलाई थप परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाउने बिषयमा छलफल भएको थियाे ।  यो कार्यक्रमले स्थानीय सहभागिता सुनिश्चित गर्दै परियोजनालाई समुदायमैत्री र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ ।

Comments