तानसेनमा आँप, अकबरे खुर्सानी र मासुको अचार बनाउने तालिम सुरू
पाल्पा — मितिनी नेपाल तानसेन–२ को आयोजनामा महिलाहरूको उद्यमशीलता अभिवृद्धि गर्न लक्षित गरी आँप, अकबरे खुर्सानी तथा मासुको अचार बनाउने तीन दिने सीपमूलक तालिम सुरू भएको छ। तालिमको सहयोग सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट गरिएको हो ।
महिलाको सीप विकास कार्यक्रम अन्तर्गत आयोजित तालिमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले गर्नुभएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य रानाले महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर र सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले व्यवसायिक सीपले मात्र महिलालाई अब्बल र अग्रपंक्तिमा ल्याउन सकिने बताउनुभयो । उहाले विकास भनेको केवल भौतिक संरचना नभइ जनशक्तिको विकास हुनुपनि विकास रहेको बताउदै महिलाहरूले सीप सिकेर व्यावसायिक रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले 'लुम्बिनी प्रदेशमा महिला,उद्यमशीलतामा पहिला 'भन्ने लक्ष्यसहित विविध कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । साथै, तालिमका माध्यमबाट तानसेन नगरपालिकाका १४ वटै वडाका महिलालाई समेटेर व्यावसायिक सीप हस्तान्तरण गर्न खोज्नु आफैमा उदाहरणीय रहेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमका लागि प्रदेश सरकारबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका १४ वटै वडाका महिलालाई समेटेर सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूले अचार उत्पादनको व्यवहारिक ज्ञान लिनेछन्। सो अवसरमा तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायले राज्यले गरेको लगानीलाई उचित र प्रभावकारी ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तानसेन नगरपालिकामा यसअघि साबुन, सरफ र बेकरीका तालिमहरू पनि सञ्चालन भइसकेको जानकारी दिनुभयो।
कार्यक्रम गैर सरकारी महासंघका केन्द्रीय सदस्य ठाकुर लुहागुन र तानसेन नगरपालिकाका सल्लाहकार सुवर्ण मुनि शाक्यले तालिममा सिकेका सीपहरूलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताउनुभयो । मितिनी नेपालले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रम मितिनि नेपाल पाल्पा शाखा अध्यक्ष सुनिता राणाको अध्यक्षता, कार्यक्रम संयोजक सानीमाया हिस्कीको संयोजकत्व तथा स्वागत र सस्थाका कोषाध्यक्ष शान्ती झेडी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments