तानसेनका विधालयमा ताजा तरकारी पुर्याउने प्रतिवद्धता
सन्तोष गहतराज
पाल्पा २७ जेठ
मिलनसार महिला उद्दमी कृषि सहकारी संस्था तानसेन पाल्पाले लेवलिङ गरेर, विषादी रहित ग्रेडिङ गरेको तरकारी तानसेनका उपभोक्ता तथा विधालय विधालयमा पुर्याउने प्रतिवद्धता गरेको छ । संस्थाले तानसेनका सरकारी तथा निजी विधालयका प्रधानाध्यापक, शिक्षक तथा व्यबस्थापकहरु संग अन्तरक्रिया गर्दै शिक्षकहरुको घरको भान्सा देखी विधालयको भान्सा सम्म विषादी रहित ग्रेडिङ गरेको तरकारी दिनहुमा पुर्याउने प्रतिवद्धता जनाएको हो ।
कृषकहरु बाट सिधै सहकारीमा तरकारी आउने, सहकारीले होलाङ्दी थोक बजार केन्द्रमा ग्रेडिङ तथा पूर्ण रुपमा सरसफाई गरेर बजारमा राम्रो तरकारी पठाउदा पनि अन्य पसलहरुमा भन्दा २० प्रतिशत सस्तो मुल्यमा बजार पठाउने गरेको रेडाका बजार विकास अधिकृत निर्प परियारले बताए । सेन माध्यमिक विधालयका प्रधानाध्यापक भिमलाल बस्यालले विधालय विधालयमामा सहकारीले ताजा तरकारी पुर्याएपनि उपभोक्ताहरुको घर घरमा पनि विषादी रहित तरकारीको व्यबस्थापन गर्न अन्य पक्ष संग सहकार्य गरेर वा बजारका तरकारी पसलहरु संग सहकार्य गरेर ताजा तरकारी खुवाउन संस्थालाई सुझाव दिए ।
कार्यक्रममा सहभागी शिक्षिक पार्वती पौडेलले विधालयहरु जंग फुड निषेधित त भएका छन तर विभिन्न माध्यम बाट हामिले दैनिक खाजा खान लाई पूर्ण रुपमा विषादी रहित बनाउन सकेका छैनौ, यदी संस्थाले विषादी रहित तरिका बाट तरकारीको सुविधा दिन सक्छ भने विधालयहरुले मिलनसार महिला कृषि सहकारी संग सहकार्य गरेर जान सक्ने बताईन ।
तरकारी बजार लाई व्यस्थित, उपभोक्ता लाई गुणस्तरीय स्वस्थ्य, ताजा तरकारीको लागी पाल्पा जिल्ला भित्र हेफर इन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडा र मिलनसार सहकारीको सहकार्यमा १ हजार ७ सय ६६ जना कृषकहरु संग सहकार्य गरेर हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत मदन पौडेले जानकारी दिए । १ हजार ७ सय कृषकहरुले उत्पादन गरेको तरकारी नै संस्थाले विक्रि गर्दै आएको छ । कृषकहरु लाई जैविक रुपमा तरकारी उत्पादन गर्ने तरीका देखी तरकारी वालीमा लाग्ने रोग किरा बारेमा जेटिए घर घरमा पठाउने गरेको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताईन ।
सहकारीको होलाङ्दी थोक केन्द्रमा कृषक बाट आएको तरकारी, राम्रो संग धोई पखाली ग्रेडिङ गरेर तानसेन बजारका विभिन्न तरकारी पसलहरुमा पठाउने गरेको र आगामी दिनमा लेवलिङ सहित पहिचानयुक्त तरिका बाट उपभोक्ताको भान्सा सम्म पुर्याउने गरी तयारी भईरहेको रेडा पाल्पाका प्रसोधन केन्द्र प्रवन्धक संजित बहादुर कुवँरले जानकारी दिए । मिलनसार महिला उद्दमी सहकारी संस्थाले बजारमा पठाउने तरकारीमा नेपाल सरकार बाट गुणस्तर चिन्ह प्राप्त गर्ने अभियानमा लागेको जनाएको छ ।








































Comments