तानसेनको विकासमा तानसेन गुठी काठमाडौकाे सहयोग प्रशंसनिय छ । :-नगर प्रमुख श्रेष्ठ
पाल्पा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको शिक्षा, स्वास्थ्य, सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रको विकासमा गुठीले गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताए । उनले आगामी दिनमा ग्रामीण क्षेत्रका विद्यार्थी, संघ संस्थाहरुलाई समेत गुठीले सहयोग गर्न आग्रह गरे । तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार र तानसेनमा सञ्चालन हुँदै आएका जात्रा पर्वका लागि आर्थिक सहयोग गरेको हो ।
सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ३ लाख ४४ हजार ७ सय ३ बराबरको छात्रवृत्ति, पुरस्कार र आर्थिक सहयोग गरेको छ । गुुठीले नारायण–सरोज छात्रवृत्ति,श्रीनगर छात्रवृत्ति, श्याम–रत्न स्मृति छात्रवृत्ति, पद्म–चन्द्र श्रेष्ठ स्मृति छात्रवृत्ति, दिव्यमान वैश्यत स्मृति छात्रवृत्ति, जीत गोविन्द चन्द्र कुमारी स्मृति छात्रवृत्ति, दशरथ–मिथिला छात्रवृत्ति,शिवनाथ–यमुना देवी गोंगल छात्रवृत्ति, सिद्धि सकल तुलसी कृष्ण इन्द्र दुर्गा स्मृति पुरस्कार, मूर्तेन्द–मोहनमाया स्मृति छात्रवृत्ति, अनन्त मथुरा प्रसाद राजभण्डारी छात्रवृत्ति, तेज कुमारी गणेश बहादुर गुभाजु स्मृति छात्रवृत्ति,मुक्ति प्रसाद लक्ष्मीकुमारी छात्रवृत्ति, महालक्ष्मी श्रेष्ठ स्मृति छात्रवृत्ति, हरि प्रसाद कृष्णमाया प्रधान स्मृति अक्षयकोष, लालेजोकर–सुखलक्ष्मी चित्रकार स्मृति अक्षयकोष, देवलक्ष्मी–शान्तिलक्ष्मी स्मृति छात्रवृत्ति,देवी सरस्वती छात्रवृत्ति, माधव राज मास्के पुरस्कार, सूर्य भीमकुमारी मलेकु अक्षयकोष,मूर्तेन्द–मोहनमाया स्मृति अक्षयकोष स्मृति, कृष्ण बहादुर इन्द्र कुमारी दुर्गा देवी स्मृति अक्षय कोष, तीर्थनाथ–जानकी देवी गोंगल छात्रवृत्ति, गृहेन्द्र ध्वज–मान कुमारी स्मृति छात्रवृत्ति र माइरस श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण गरेको हो । यस्तै गुठी तानसेनमा सञ्चालित जात्रा र विभिन्न धार्मिक संघसंस्थालाई सहयोग आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले गुठीले गरेको कार्यक्रमकाे प्रशंसा गरे । तानसेन गुुठी काठमाडौंका अध्यक्ष प्रमी श्रेष्ठले आगामी दिनमा गुठीको अक्षयकोष वृद्धि गर्दै जाने बताइन् । कार्यक्रममा तानसेन गुुठी बुटवलका अध्यक्ष केदार प्रसाद श्रेष्ठ, नेपाल नेत्र न्योति संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, गुठीका सल्लाहकार केदारलाल श्रेष्ठ, अक्षयकोषदाता शसी गंगोल, पाल्पाली नाट्यकला सांस्कृतिक समूहका अध्यक्ष किरण चित्रकार लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम गुठी तानसेनका अध्यक्ष सुशिल प्रधानको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सकुन्तला बज्रचार्यको स्वागत, सचिव विनयराज बज्रचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।








































Comments