तानसेनका उधमीहरुलाई प्रोत्साहन गर्दै नगरपालिका
पाल्पा १६ मंसिर
तानसेन नगरपालिकाको लगानी र दायित्व संस्थाको प्राविधिक सहयोगमा नगर भित्रका ४० वटा लघु तथा साना उधमहरुलाई स्तरीकरण र स्तरउन्नती गरी आर्थिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम लागु भएको छ ।नगरपालिका भित्रका १४ वटै वडा बाट कृषि, पशुपालनमा आधारीत उधम, जडीबुटी तथा वन पैदावारमा आधारित उधम, पर्यटनमा आधारित उधम, ढाका, करुवामा आधारित उधम, सेवामा आधारित उधमहरुमा आधारित रहेर बृद्धिमुखी उधमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम संचालन हुने छ । जसको लागी तानसेन नगरपालिकाले ऐन नियम,निर्देशिका बनाई कार्यान्वयन गर्न लागेको हो ।
लामो समय दखी उधम गर्दै आएका, दिर्घकालीन सोच भएका, रोजगारी प्रदान गरेका उधमहरुको उत्पादन लाई राष्ट्रिय, अन्तरराष्ट्रिय बजार संग जोड्ने, उत्पादनमा बृद्धि गराउने, विचौलिया हटाउने, रोजगारी बढाउने, स्थानीय स्तर देखी राष्ट्रिय स्तर सम्म आर्थिक कारोवारमा बृद्धि गराउने कार्यक्रमको मुख्य लक्ष्य रहेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । रोजगारी प्रवद्र्धन कार्यक्रमको लागी तानसेन नगरपालिकाले ५० लाख रुपैया बजेट विनियोज गरेको छ । उधमी छनौटको लागी लागी प्रत्येक वडा वडामा आवेदन माग भएको, आएका निवेदनहरु बाट ४० वटा उधमहरु छनौट हुनेछन । कार्यक्रमले शुरुको चरणमा ४० वटा उधमीहरुलाई विभिन्न विधी र प्रक्रिया बाट छनौट गर्ने छ । दोस्रो चरणमा ४० उधमी बाट उत्कृष्ट २० उधमी छानिने छन । तेस्रो चरणमा २० उधमी बाट उत्कृष्ट १० उधमी छानिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।
शहर तथा ग्रामिण क्षेत्रमा रहेका साना तथा लघु उधमहरुलाई क्षमतावान बनाउदै रोजगारी, आयआजर्न बृद्धि गर्ने, प्रदेश तथा संघ क्षेत्रमा शासकीय क्षमता सुधार तथा बहु सरोकारवाल विच एक आपसमा भएका ज्ञान, अनुभव आदान प्रदान गर्ने उधेश्यका साथ कार्यक्रम संचालन गरिएको दायित्वका बरिष्ट कार्यक्रम प्रवन्धक सञ्जय पोख्रेलले बताए । उधमहरुको भाट भटेनी, पैचो, विभिन्न स्थानका बजार मण्डीहरु पुहच सुनिश्चितता गरेको उनले बताए ।
आफ्नो घरपरिवार, गाउँठाउमा बसेर उधम गर्ने, रोजगारी मार्फत आय आर्जन बढाउने, कृषि, पशु तथा पर्यटनमा आधारित रहेर नगरपालिकाले दायित्व संग मिलेर काम शुरु गरेको नगर प्रवक्ता यादव सिंह कार्कीले बताए । यो कार्यक्रमले उधमीहरुलाई सक्रिय बनाउने, नयाँ नयाँ ज्ञान सिप प्रदान गर्ने, प्रतिष्प्रर्धा बढाई गुणस्तरीय उत्पादनमा क्रियासिल बनाउने, उधमीहरुलाई विचौलिय बाट बचाई, श्रममा आधारित रहेर बजार मुल्य प्रदान गर्ने तानसेनन नगरपालिकाका योजना अधिकृत एव फोकल पर्सन दुर्गा बहादुर थापाले बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाका सञ्चार उधमहरुलाई कार्यक्रममा समावेश गरेर लैजानुपर्नेमा जोड दिए । २०८३ जेष्ठ १५ गते सम्म अवधी रहेको कार्यक्रमको बजेट तानसेन नगरपालिकाको ५० लाख, दायित्वको १० लाख गरी ६० लाख रुपैया रहेको छ ।








































Comments