तानसेनकाे टक्सारमा याेमरी महाेत्सव,दर्शकहरू सडकमै खाए सडकमै रमाए !!

पाल्पा- पश्चिमी सस्कृतिकाे प्रभावले गर्दा स्थानीय कला सस्कृति,परम्परा,रितिरिवाज,रहनसहन खानपिन हराउदै जान लागेकाे बेला तानसेनका केही सामाजिक सस्थाहरूले यस्काे संरक्षण र पुस्ता हस्तान्तरणमा चासाे देखाउन थालेका छन । यसै मध्येकाे तानसेन वडा न ३ मा रहेकाे मैत्री क्लबले टक्सार टाेलमा याेमरी महाेत्सव भव्य रूपमा सम्पन्न गरेको छ । महाेत्सवमा २० वटा स्टलहरू राखिएको थियाे । दर्शकहरू चाकु,खुवा,खुदाे सहितकाे हाेमरी सँगै नाेवारी खाना खादै विभिन्न सास्कृतिक कार्यक्रममा रमाउदै थिए । नेवारी पाेसाकमा सजिएका महिलाहरूलाई प्राय दिन भरि नै याेमरी बनाउन र विक्री वितरणमा व्यस्त देखिन्थे ।

 

मैत्री क्लबका अध्यक्ष मनिता शाक्यले  नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी, नेवारीमा सबैभन्दा मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरेकाे बताउनुभयो  । खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछी घरमा भकारी वा धन्सार बनाएर राख्ने मंसिर पुर्णिमाको दिन सोही नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने आफु पनि खाने परम्परा रहेको पाईन्छ । योमरी पुर्णिमाको दिन घर घरमा नाचगान गर्दै योमरी माग्ने चलन विगतका वर्षहरुमा भएपनि अहिले भने यस्तो परम्परा लोप भएको उहाले बताउनुभयो ।

 

नेवारी समुदायका बुढापाकाले चलन चल्ती संस्कार, विधि परम्पराहरूलाई जोगाउन खोजे पनि युवा पुस्तामा परम्परागत कला संस्कृति रहनसहन भेषभुषा हस्तान्तरण गर्न, एक पुस्ताबाट अर्को पुस्तामा सिक्न र सिकाउन महोत्सव गरिएको प्रचार संयोजक रिलरमान महर्जनले जानकारी दिए ।

पाल्पाकाे बगनासकाली गाउँपालिका वडा न २ पाेखराथाेक निकासी बिज्ञान दुधराजले याेमरी महाेत्सव अवलाेकन गर्न टक्सारमा आउनु भएको थियाे । पहिलो पटक महाेत्सवकाे अवलोकन गरेकाे अनुभव सुनाएका दुधराजले यस्ता परम्परागत कला सस्कृतिकाे संरक्षण एवम प्रचार प्रसार सबै एकजुट भइ अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले भन्नू भयाे याेमरी भन्ने सुनेकाे थिए । तर स्वाद भने लिएको थिइन । आज स्वाद लिने अवसर पाए आयाेजकलाई धेरै धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी दिनमा स्थानीय सरकार र यस्ता सामाजिक संघ सस्थाले यस्ता महाेत्सवकाे आयाेजना गर्नुपर्ने कुरामा जाेड दिनुभयाे ।

 

महाेत्सवमा उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठ गर्नु भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर श्रेष्ठले तानसेन नगरकाे विकास अब पर्यटनबाट नै सम्भव रहेको बताउनुभयो । तानसेन नगरपालिकालाई एक इतिहास बाेकेकाे पुरानाे नगरपालिका हाे । तानसेन धार्मिक,ऐतिहासिक,कला सस्कृति,रितिरिवाज,परम्परा,प्राकृतिक हिसाब महाेत्वपुर्ण छ । तानसेन नगरपालिकाले अब यस्ता कला सस्कृतिकाे संरक्षण एवम प्रचार प्रसार र पुस्ता हस्तान्तरणकाे माध्यमबाट  तानसेनलाई पर्यटकिय गन्तव्य स्थलकाे रूपमा अगाडि बढाउन नगर सरकार आफ्ना गतिविधिहरू अगाडि बढेको बताउनुभयो । 

 

कार्यक्रममा पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा  ८ का वडा अध्यक्ष साेम नाथ अर्याल लगाएतकाे उपस्थिति रहेको थियाे ।

 

Comments