तानसेनकाे टक्सारमा याेमरी महाेत्सव

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न ३ टक्सार टाेलमा विगतकाे बर्षमा जस्तै याे बर्ष पनि याेमरी महाेत्सव सम्पन्न भएको छ ।  नेवारी समुदायमा प्रचलित नेवारी खाना याेमरीकाे प्रचार प्रसार गर्ने उधेश्यले महाेत्सव गर्न गरिएको थियाे । महाेत्सव मैत्री क्लब तानसेन पाल्पाको मुख्य आयाेजना तथा तानसेन वडा न ३ आयाेजनामा भएको  हाे । एक दिने याेमरी महाेत्सवमा नेवारी खाना याेमरीसँगै नेवारी सस्कृतिकाे प्रदर्शनी गरिएकाे थियाे   ।

 

मैत्री क्लब तानसेन पाल्पाका सल्लाहकार एवम महाेत्सवका प्रचार प्रसार संयाेजक रिलरमान महर्जनका अनुसार परम्परागत नेवारी संस्कृति सहित नेवारी खाना परिकार योमरीको प्रचारप्रसार गर्ने उद्देश्यले योमरी महोत्सव गरिएको बताउनुभयो । महाेत्सवमा बिशेष गरि नेवारी जनजातिहरूकाे विशेष खाने कुरा याेमरी लाेप हुने अवस्था पुगेकाले यस्काे संरक्षण,प्रवर्द्वन एवम पुस्ता हस्तान्तरण गर्नका लागि महाेत्सव गरिएको बताउनुभयो । महाेत्सवमा विशेषगरी तानसेनकाे टक्सारमा रहेका नेवारी समुदायहरूकाे कला,सस्कृति,रितिरिवाज परम्परालाई कार्यक्रमकाे माध्यमबाट प्रर्दशन गरिएको बताउनुभयाे ।

 

कार्यक्रमकाे समुद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले तानसेनकाे ऐतिहासिक,कला सस्कृति,रितिरिवाज परम्पराहरूकाे संरक्षण र प्रवर्द्वन गर्न नगर सरकारले बार्षिक रूपमा नीति तथा कार्यक्रम बनाएकाे बताउनुभयो । उहाले भन्नुभयाे ।" योमरी हाम्रो परम्परा, संस्कार र पहिचानको एक अभिन्न अंश हो । यसले हाम्रा पुराना परम्पराहरूलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृतिबारे ज्ञान दिने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । योमरी हाम्रो खाद्य संस्कृतिको प्रतीक मात्र नभई, मेलमिलाप, स्नेह र एकताकाे सन्देश प्रवाह गर्ने एउटा माध्यम रहेको बताउनुभयो । "समाजमा विविधता मात्र नभई एकता पनि छ भन्ने कुरा यस्ता पर्वहरूले पुष्टि गर्दछन् । यस महोत्सवले स्थानीय उत्पादन, हस्तकला, र संस्कृति प्रवर्द्धन गर्ने मात्र नभई पर्यटन क्षेत्रलाई पनि टेवा पुर्‍याउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

 

कार्यक्रममा तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले नेवारी समुदायमा परम्परादेखि प्रचलित योमरी पर्व लोप हुने अवस्थामा पुगेकाले यसको जर्गेना गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो । विगतका पुर्खाहरूले मान्दै अाएका ऐतिहासिक परम्परागत कला,सस्कुति,रितिरिवाजकाे संरक्षण र प्रवर्द्वन गर्नु स्थानीय सरकारकाे दायित्व रहेको बताउनुभयो । साेही अनुसार तानसेन वडा न ३ ले याेमरी महाेत्सवका लागि बजेट बिनियाेजन गरि आयाेजकलाई सहयोग गरिरहेकाे बताउनुभयो । 

 

स्थानीय तुम्ला बज्राचार्यले याेमरी महाेत्सवले स्थानीय कला, सस्कृतिकाे संरक्षण र नेवारी समुदायमा प्रचलित याेमरी खानाकाे संरक्षण र पुस्ता हस्तान्तरण टेवा पुगेकाे बताउनुभयो । नेवार (नेवाः) समुदायले मनाउने विभिन्न चाडपर्वमध्येको विशेष चाड हो, योमरी पून्हि । हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाका दिन नेवार समुदायले योमरी पून्हि मनाउँछन् । नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ । यस चाडलाई खाद्य पदार्थको रसिलो चाड पनि भन्ने गरिन्छ । यो पर्व विशेष गरी अन्नको राजा धानसँग सम्बन्धित छ । याे पर्व विगतका समय देखि मनाउदै अाएता पनि पछि बिचमा हराउदै जान लागेको परिस्थिति रहेको बताउनुभयो । विगत ४ बर्ष देखि मैत्री क्लबले यस्काे पुर्न उत्पादन ,बजारीकरण गरि पुस्ता हस्तान्तरण गरेको बताउनुभयो ।

 

महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरी लगायतको स्टल प्रदर्शन गरिएकाे थियाे । क्लबका अध्यक्ष मनिता शाक्यले नेवारी  समुदायमा प्रचलित याेमरीकाे प्रवर्द्वन गर्न र महाेत्सवका माध्यमबाट महिलाहरूलाई उधमशिल बनाउन कार्यक्रम आयाेजना गरिएको बताउनुभयो ।

Comments