तानसेनकाे टुडिखेलमा न्यु युथ युनियन कप २०८० शुरू !

पाल्पा-न्यु युथ युनियन क्लब तानसेन पाल्पाकाे आयाेजनामा आज देखि दाेस्त्राे न्यु युथ युनियन कप शुरू भएको छ । तानसेन टुडिखेल मैदानमा शुरू भएको  प्रतियाेगिता चैत २४ गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगिताकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हाे ।  "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सञ्चालन भएको प्रतियाेगितामा पाल्पा लगाएत स्याङ्जा,नवलपरासी,रूपन्देही जिल्लाहरूबाट समेत खेलाडीहरु सहभागी भएका छन ।  । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले तानसेनकाे विकास पर्यटनबाटै नै सम्भव रहेको बताए । नगर सरकारले साेही अनुसार आफ्ना गतिविधि सञ्चालन गरेको बताए । नगर सरकारले  तानसेनलाई खेल पर्यटनकाे रूपमा विकास गर्ने गरि स्थानीय सरकार आएसँगै विभिन्न समयमा क्लब एवम संघ सस्थासँग सहकार्य गरि प्रतियाेगितात्मक कार्यक्रम सञ्चालन गरिरहेकाे बताए । यस्ता प्रयाेगिताले तानसेनलाई खेल पर्यटनकाे हिसाबले अगाडि बढ्न थप टेवा पुग्ने बताए । आगामी दिनमा यस्तै प्रतियाेगितात्मक कार्यक्रमहरूलाई निरन्तरता दिन आर्गह गर्दै क्लब एवम सस्थाहरूसँग समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताए । 



वि स २०७७ सालमा स्थापना भएको क्लबले अघिल्लो बर्ष पनि प्रतियाेगिता आयाेजना गरेको थियाे । प्रतियाेगितामा प्रथम हुनेले ८० हजार,द्वितीयले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । खेलमा उत्कृष्ट खेलाडीले ३ हजार,उत्कृष्ट गाेल रक्षकले २ हजार ५ सय,उदयीमान खेलाडीले २ हजार ५ सय,सर्वाधिक गाेलकर्ताले २ हजार ५ सय,उत्कृष्ट रक्षकले २ हजार ५ सय र म्यान अफ द म्याचले १ हजार १ सय प्राप्त गर्ने न्यु युथ युनियन क्लब तानसेन पाल्पाका अध्यक्ष मनाेज मान लिगतले जानकारी दिए । खेलमा सहभागी टिमलाई दर्ता शुल्क ५ हजार ५ सय लाग्नेछ ।  

 

 स्थानीय स्तरका खेलाडीहरूमा भएकाे प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उधेश्यका साथ प्रतियाेगिता सञ्चालन गरिएकाे बताए  । टिकट विक्रीबाट प्राप्त रकम पाल्पा फुटबल एकाडेमीका साना खेलाडीहरूका लागि ३० प्रतिशत रकमबाट खेल सामाग्री हस्तान्तरण गरिने बताए  । खेलले तानसेनकाे आन्तरिक पर्यटनमा टेवा पुग्ने अपेक्षा रहेको अध्यक्ष लिगले बताए । 

 

प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा न्यु एकता क्लब भुसलडाँडा विजयी बनेकाे छ । उसले पिटफल ब्रदर्श युवा क्लबलाई २-१ गाेलले हराएकाे हाे । खेलमा १५ टिमकाे सहभागिता रहेको छ ।

Comments