तानसेनका मेयर श्रेष्ठकाे पहलमा हाेलाङ्दीकाे ढललाई नालि बनाइ गरियाे व्यवस्थित !!
पाल्पा- तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठकाे पहलमा अहिले दुर्गन्धित तानसेन वडा न ४ काे खुला ढललाई नालि निर्माण गरि व्यवस्थित गरिएको छ । पाल्पा बुटवल सडक खण्डकाे हाेलाङ्दीमा रहेको खुला ढललाई नगर प्रमुख सन्तोष लाल श्रेष्ठकाे बिशेष पहलमा व्यवस्थित गरिएको हाे ।
तानसेन वडा न ४ मा पर्ने उक्त ढल खुला हुदाँ गुल्मी देखि तानसेन हुदैँ बुटवल र तानसेन देखि बुटवल यात्रा गर्ने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भाेग्न बाध्य थिए । तानसेन नगर सरकारले अहिले नगरपालिका भित्रका खुला ढलहरूलाई नालि बनाई व्यवस्थित गर्न बिशेष याेजना बनाएर द्रुत गतीमा काम गरिरहेकाे नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बताए । पाल्पाकाे सदरमुकाम तानसेन हाे । तानसेन एक पुरानाे इतिहास बाेकेकाे नगर हाे । तानसेनमा आन्तरिक एवम बाह्य पर्यटकहरू आउने गर्दछन । त्यति मात्रै हाेइन गुल्मी,अर्घाखाँचीका सवारीसाधन पनि तानसेन हुँदै बुटवल सम्म आवतजावत गर्ने गर्दछन । तानसेन वडा न ४ स्थित हाेलाङ्दीमा खुला ढल थियाे । खुला ढलका कारण दुर्गन्ध फैलिएर यात्रुहरूलाई समस्या रहेकोमा नगर सरकारले विशेष पहल गरि नालि बनाई ढललाई व्यवस्थित गरेको नगर प्रमुख श्रेष्ठले बताए । नगर सरकारले तानसेन वडा न ३,वडा न २ काे खुला ढललाई नालि बनाई व्यवस्थित गर्ने कामलाई तिव्रता दिइ रहेको बताए । हाेलाङ्दीकाे खुला ढललाई व्यवस्थित गर्न नालि निर्माणका लागि ४९ लाख ९८ हजार बजेटबाट १ सय ३६ मिटरकाे नाली निर्माण गरि सम्पन्न गरेको बताए ।
तानसेनकाे काेर एरिया शुरू हुने स्थानमा खुला र दुर्गन्धित ढलका कारण नगर सरकारलाई नै लज्जित बनाएकाे थियाे । अहिले नगर सरकारकाे बिशेष पहल गरेर नालीकाे निर्माण गरि ढललाई व्यवस्थित गरेका छाै । यस्ले विभिन्न स्थानबाट तानसेनमा आउने पर्यटक,यात्रा गर्ने यात्रु र स्थानीयलाई राहत मिलेको अनुभव नगर सरकारले गरेको बताए । नगर सरकारले अब उक्त ढललाई नाली निर्माण गरि व्यवस्थित गरेकाे ठाउँमा सवारीसाधन पार्किङ्ग स्थल बनाउने बताएका छन । बिशेष गरि ठुला सवारीसाधन तानसेनमा आउदा राख्ने ठाउँकाे समस्या छ । उक्त स्थानमा खाली ठाउँ रहेको र नगर सरकारले बिशेष पहल गरि फाेहाेर र दुर्गन्धित ढललाई व्यवस्थित गरि पार्किङ्ग स्थलकाे रूपमा निर्माण गर्न लागिएको बताए । काम तिव्र गतिमा भइरहेको छ । अब छिट्टै पार्किङ्ग स्थलकाे निर्माण गरि नगरमा आएका ठुला सवारीसाधन व्यवस्थित गर्दै छाै ,नगर प्रमुख श्रेष्ठले बताए । तानसेनमा विभिन्न स्थानबाट भ्रमणमा आन्तरिक एवम बाह्य पर्यटन आउने गरेको छन । तानसेनमा पार्किङ्ग स्थल नभएकै कारण कतिपय सवारीसाधन तानसेनबाट फर्किएकाे सुनेकाे छु । पार्किङ्ग समस्याकाे समाधानका लागि नगर सरकारले उक्त स्थानमा पार्किङ्ग स्थल निर्माणलाई तिव्रता दिएको बताए ।
तानसेन नगर सरकारले अहिले खानेपानी क्षेत्रमा पनि उत्साहजनक रूपमा काम गरिरहेकाे बताए । बिगतकाे समयमा बिशेष गरि चैत बैशाखकाे समयमा खानेपानी समस्याका कारण काकाकुल अवस्था रहेको तानसेनमा अहिले नगर सरकार र तानसेन खानेपानी उपभोक्ता समितिकाे पहलमा खानेपानी सहज उपलब्ध गराउन सफल भएको बताए । त्यस्तै नगर सरकारले २० युनिट भन्दा कम बिजुली बत्ती बाल्ने नगरबासीकाे बिल नगर सरकारले भुक्तानी गरिदिने गरि काम गरिरहेकाे बताए । नगर सरकारले दरबार क्षेत्रकाे साैन्दर्यकरणमा बिशेष पहल गरि काम गरिरहेकाे बताए ।
तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले खुला ढलका कारण सास्ती भाेगका यात्रु तथा स्थानीय नागरिकहरूकाे समस्यालाई मध्ये नजर गरि नालि बनाई ढल व्यवस्थित गरिएको बताए । नालि निर्माण भए पछि यात्रु र स्थानीयलाई राहत मिलेकाे बताए । खुला ढलका कारण दुर्गन्धकाे समस्या भाेगिरहेका स्थानीयहरूले बर्खाकाे समयमा समेत समस्या थियाे । अहिले वडा र नगरकाे बिशेष पहलमा ढललाइ व्यवस्थित गरि नाली निर्माण गरिएको बताए । खुला ढललाई व्यवस्थित गर्न अझै थाेरै स्थानमा नाली निर्माण गर्न बाँकी छ । आगामी बर्ष उक्त ढलकाे नाली निर्माणलाई पूरा गर्ने याेजनाका साथ वडा सरकार अगाडि बढेकाे वडा अध्यक्ष हेमन्त राज शाक्यले बताए ।








































Comments