तानसेनकाे मेहलधारमा त्रि-दिवसीय भक्ति साधना शिविर शुरू

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न २ काे महेलधारा स्थित राधे राधे भवनमा त्रि-दिवसीय भक्ति साधना शिविर शुरू भएको छ । भक्ति साधना शिविरकाे शुभारम्भ तानसेन नगरपालिका नगर प्रमुख सन्ताेष लाल श्रेष्ठले गरेका हुन ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले भक्ति र साधनाले मानिसलाई असल र सतकर्ममा लाग्न प्रेरित गर्ने बताए । राधा माधव समिति नगरपालिकाकाे मेहलधारामा स्थापना गरि विगतकाे समय देखि समितिले सतकर्मका कार्यहरू गरेकाे प्रंसशा गरे । शिविरले यस क्षेत्रका नागरिक, समाजलाई सकारात्मक कुराहरूकाे धारणा विकास गर्न सहयोग गर्ने बताए । शिविरले समाजलाई स्वास्च्छ र आर्दश बनाउन प्रेरित गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । शिविरकाे पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि न्याय परिषद्का पुर्व सदस्य पदम प्रसाद बैधिकले महाराजले अनवरत रूपमा अगाडि बढाएको ज्ञानलाई कलियुगकाे याे संसारिक जगतमा फैलाउन र मानवलाई भक्ति साधनाकाे माध्यमिकबाट असल मार्गमा लाग्न समितिले कार्य गरि रहेको बताए । समितिले लाेक कल्याण हितकाे लागि यस युगमा समन्वयकारी सिद्धान्त अगाडि बढाएकाे बताए । कलि युगमा मानवहरू काममा व्यस्त छन । ती मानवलाई सतकर्ममा लाग्न,समाजप्रती उत्तरदायी बनाउन र महाराजका प्रेम रस, भाैतिक दर्शन र आध्यामिक दर्शनलाई प्रयाेगतात्मक बनाउन लागि परेको बताए ।    

 

कार्यक्रममा राधा माधव नेपालका केन्द्रका उपाध्यक्ष सुरेश प्रकाश आर्चायले सस्था वि स  २०६२ सालमा स्थापना भएको बताए । हाल नेपाल भरमा करिब ६० वटा केन्द्र रहेको बताए । जस्काे माध्यमबाट हजारौं नेपालीहरू भक्ति मार्गमा हिडेकाे बताए । समितिले आधात्मिक लक्ष्य र भाैतिक लक्ष्यकाे माध्यमबाट ज्ञानकाे प्राप्त गर्ने कुरालाई अगाडि बढाएको बताए । समितिले आर्थिक रूपमा,सामाजिक रूपमा पछाडि परेका निमुखा नागरिकलाई सहयोग गर्दै आएकाे बताए । समितिले नेपालका धेरै जिल्लाहरूमा भक्ति साधना शिविर सञ्चालन गरि सकेको बताए । पाल्पा गरिएको याे शिविरमा लुम्बिनी प्रदेशका  ९ वटा जिल्लाबाट १२५ जना साधकहरूकाे उपस्थिति रहेको बताए । समितिले यस अघि दाङ्ग,दमक समेत  शिविर सञ्चालन गरिसकेकाे बताए  । कार्यक्रम राधा माधव समिति तानसेन पाल्पाका उपसंयाेजक अम्बिका पाैडेलकाे स्वागत,सचिव डम्बर प्रसाद गैरेकाे सञ्चालन र अध्यक्ष धन प्रसाद काेइरालाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments