तानसेनकाे बिजु बाेर्डिङ्ग स्कुलमा विद्यार्थीको सीप विकासका लागि विद्यालयमै खाना महोत्सव

[महाेत्सवकाे अवसरमा मौलिक पहिरन चिनाउन भेषभूषा प्रदर्शन गरिएको थियाे । ]



पाल्पा- पाक शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले जिल्लाकाे तानसेन नगरपालिका वडा न २ बडिज्ञानटाेलमा रहेको बिजु बाेर्डिङ्ग स्कुलले खाना महाेत्सव गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक अनुराधा बज्राचार्यले जानकारी दिनुभयाे । विद्यार्थीहरू काेहि नेवारी समुदायमा प्रचलित खानेकुरा बनाउदै थिए । काेही सेलरोटी,बटुक,चुकाउनी,याेमरी बनाउन व्यस्त थिए भने काेहि आफुहरूले बनाएका खानेकुराहरू बेच्न व्यस्त देखिन्थे । सधै स्कुल ड्रेसमा देखिने विद्यार्थीहरू खाना महाेत्सवकाे अवसरमा विभिन्न जातजातिका भेषभुषामा सजिएर सास्कृतिक कार्यक्रममा रमाएका थिए । विद्यार्थीहरूले पुस्तकमा पढेका कुरालाई व्यवहारिकता प्रदान गर्न विभिन्न सामाग्रीहरूकाे निर्माण गरि महाेत्सवमा सहभागी आफ्ना अभिभावक,शिक्षकहरूलाई ती सामाग्रीहरूका बारेका पनि जानकारी गराउदै थिए । भने अभिभावकहरू भने आफ्ना छाेराछाेरीले गरेको काम देखेर दङ्ग थिए । 

 

स्कुलले ३२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसकाे अवसरमा खाना महाेत्सव एवम विविध सास्कृतिक कार्यक्रम आयाेजना गरेकाे विद्यालयका प्राधानाध्यापक बज्राचार्यले बताउनुभयो । विद्यालयले आफ्नो नियमित क्यालेन्डरमै राखेर गरिएका यस्ता अतिरिक्त सीप तथा ज्ञानले विद्यार्थीहरुलाई थप व्यावहारिक बनाउने उहाले बताउनुभयाे 

 

विद्यालय परिसरमै आयोजना भएको महोत्सवमा करिब  २० प्रकारका खानाका परिकार राखिएको थियो । त्यसका अलावा विद्यार्थीहरुलाई नेपाल बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश हो भनेर चिनाउन पनि यो कार्यक्रमले सहयोग गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विरेन्द्र काजी शाक्यले बताउनुभयाे । ‘खाना महोत्सवसँगै विभिन्न खालका भेषभूषा प्रदर्शनीसमेत रहेको हुँदा त्यसले विद्यार्थीहरुमा नेपालको मौलिक भेषभूषाको विषयमा समेत व्यावहारिक ज्ञान मिल्ने हामीले अपेक्षा गरेका छौँ’, उहाले बताउनुभयो । कार्यक्रममा नेपाली राष्ट्रिय पोसाक दौरासुरूवालसँगै थारु, गुरूङ, मगर, कुमाल, तामाङ लगायतको आदिवासी जनजाति समुदायको भेषभूषासमेत प्रदर्शन गरिएको थियो ।



‘भेषभूषा प्रदर्शन र खानाका परिकार बनाएर प्रदर्शन गराउँदा विद्यार्थीहरुमा प्रत्यक्षरुपमा व्यावहारिक ज्ञान आर्जन गर्नमा मद्दत पुग्ने विद्यालय सञ्चालक समितिका सदस्य उत्तम कुमार बज्राचार्यले बताउनुभयो । उहाले भन्नुभयाे । "हामीले सैद्धान्तिक रुपमा अध्यापन गराउनु र व्यावहारिक रुपमा अध्यापन गराउनु फरक कुरा हुन् । विद्यार्थीहरुको व्यावहारिक सीप र क्षमता विकासमा विद्यालयले नयाँ कदम अगाडि बढाएको बताउनुभयो । 

 

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पाल्पाका अध्यक्ष महेश मान बज्राचार्यले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने, उत्प्रेरणा दिने, व्यवहारिक सिपको विकास गराउने, र अभिभावकलाई फिड व्याक दिने उद्देश्यका साथ गरिएका कार्यक्रमहरु अनुशरणीय रहेको भन्दै यस्ता सिर्जनात्मक कार्यक्रमहरु राख्दै जानुपर्ने कुरा बताउनुभयो । 

 

महाेत्सवमा प्याब्सन पाल्पाका उपाध्यक्ष एवम न्यु हाेराइजन इङ्लिस बाेर्डिङ्ग स्कुलका प्राधानाध्यापक डासुराम पन्त,प्याब्सन तानसेन नगर कमिटीका अध्यक्ष एवम प्यारागन इङ्गिस बाेर्डिङ्ग स्कुलका प्राधानाध्यापक गंगा बहादुर खत्री,सिद्विबिनायक एकाडमीका प्राधानाध्यापक मन्जु ज्ञवाली,विद्यालयका निवर्तमान अध्यक्ष देब प्रसाद बज्राचार्य,शिक्षा विद छत्रराज शाक्य,विद्यालय सञ्चालक समितिका सदस्यहरू सन्जय राज शाक्य,कृष्ण बहादुर रावल,मुकेश मान मलेगाे,अर्जुला बज्राचार्य लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे स्वागत एवम कार्य प्रगति प्रतिवेदन विद्यालयका प्राधानाध्यापक अनुराधा बज्राचार्य गर्नु भएको थियाे । भने कार्यक्रमकाे सञ्चालन विद्यालयका विद्यार्थीहरू तपसि कुमारी बज्राचार्य र सविक्षा विस्टकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कक्षा १० सम्मको पढाइ हुने विद्यालयमा हाल २ सय १६ जना विद्यार्थी अध्ययनरत छन् ।

Comments