तानसेन विद्यालय कप क्रिकेटको फाइनलमा जेभिट र मिलिनियम माध्यमिक विधालय आमने सामने !!
पाल्पा – तानसेन नगरपालिकाको आयोजनामा सञ्चालित नगरस्तरीय छात्र तथा छात्रा विद्यालय कप क्रिकेट प्रतियोगिता २०८२ अन्तिम चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको फाइनल खेल जेभिट (JVIT) र मिलिनियम माधयमिक विधालय बीच हुने निश्चित भएको छ ।
नगरभित्रका १४ विद्यालयहरूका छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहेको प्रतियोगितामा दुबै विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा जेभिटले बलियो ब्याटिङ र बलिङ प्रदर्शनका साथ सहज जित हात पार्दा, मिलिनियम क्याम्पसले पनि आफ्नो प्रतिद्वन्द्वीलाई दबाबमा राख्दै प्रभावशाली जित दर्ता गरेको थियो ।
प्रतियोगिता तानसेन स्थित टुडिखेलमा सञ्चालन भइरहेकेा छ । उद्घाटन नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले यस्ता प्रतियोगिताहरूले विद्यार्थीसँगै स्थानीय खेल विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँलेखेलले अनुशासन, नेतृत्व क्षमता र खेल भावना विकास गर्छ । विद्यालयस्तरमै प्रतिभावान खेलाडी पहिचान गर्न सकिन्छ, जुन दीर्घकालीन रूपमा नगरका लागि गर्वको विषय रहेकेा बताउनुभयेा ।
जेठ २७ गते फाइनल खेल आयोजना गरिने खेल संयेाजक तथा क्लबका अध्यक्ष प्रियकर मुनि शाक्यले बताउनुभयेा । उहाका अनुसार विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा विशेष पुरस्कार प्रदान गरिने बताउनुभयेा । तानसेनका नागरिक, विद्यालय, खेलप्रेमीहरू र विद्यार्थीहरू अहिले फाइनल खेलको प्रतीक्षामा छन्, जहाँ दुई प्रतिस्पर्धी टोलीबीच उत्कृष्ट खेल कौशल प्रस्तुत हुने अपेक्षा गरिएको छ । भेाली छात्रा तर्फकेा प्रतियेागिता खेल हुने क्लबका सदस्य प्रबिन बोहेाराले बताउनुभयेा ।








































Comments