तानसेन वडा न ११ स्थित लिपिन्देबी प्राथमिक विद्यालयका विद्यार्थीलाई झाेला तथा शैक्षिक सामाग्री वितरण

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ काे लिपिन्देबी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झाेला तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच विद्यालयका करिब ४० जना विद्यार्थीहरूलाई झाेला एवम शैक्षिक वितरण गरिएको हाे । झाेला वितरण कार्यक्रमकाे उद्घाटन तानसेन नगरपालिकाका प्रवक्ता एवम तानसेन वडा न ११ का वडा अध्यक्ष यादब सिङ कार्कीले गरे ।

 

वडा स्तरीय याेजना अन्तर्गत युवा तथा बालबालिका कार्यक्रमबाट बिनियाेजित रूपैयाँ ७५ हजार रकम मध्ये केही रकमबाट विद्यार्थीहरूकाे शैक्षिक गुणस्तरीय वृद्धि गर्ने हेतुले झाेला र शैक्षिक सामाग्री वितरण गरिएको वडा सदस्य अमर बहादुर रानाले जानकारी दिए ।

 

कार्यक्रमका प्रमुख अतिथि एवम तानसेन वडा न ११ का वडा अध्यक्ष यादब सिङ कार्कीले विद्यार्थीहरूकाे शैक्षिक गुणस्तर वृद्धि गर्ने उधेश्यले वडाले झाेला एवम शैक्षिक सामाग्री वितरण गरेको बताए । विद्यार्थीहरूले झाेला र शैक्षिक सामाग्रीकाे सहि सदुपयोग गरि अध्ययन गर्न सुझाव दिदै वडा कार्यालयले आगामी दिनमा पनि यस्तै सकारात्मक र रचनात्मक कार्यक्रम ल्याउने बताए । तानसेन नगरपालिकाले शिक्षाकाे क्षेत्रमा पनि काम गरिरहेकाे छ । वडा अध्यक्ष कार्कीले भने हामीले तानसेन नगरपालिकाका विद्यार्थी सख्या कम भएका विद्यालयलाई मर्च गरिरहेका छाै,नगरसरकारले अब छिटै विग स्कुलकाे अवधारणा अगाडि बढाउने बताए । तानसेन नगरपालिकाले विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रमकाे लागि थप बजेट विनियोजन गरेको बताए । नेपाल सरकारबाट रूपैयाँ १५ मात्र आउछ । तर महङ्गीकाे अवस्थालाई मध्ये नजर गरि अहिले नगरपालिकाले ५ रूपैयाँ थप गरि प्रती विद्यार्थी २० रूपैयाँ प्रदान गरिरहेकाे बताए । नगरपालिकाले समय समयमा विद्यालयका प्राधानाध्यपकहरूसँग बैठक बसि सल्लाहा सुझाव लिने र नगरकाे शिक्षाकाे क्षेत्रमा देखा परेका समस्याकाे समाधान गर्ने गरि नगर सरकार अगाडि बढेको बताए । 

 

कार्यक्रममा वडा सदस्य शिव खाती,गिता ठडराई,लाल बहादुर खाती लगाएत विद्यार्थी,शिक्षक एवम अभिभावकहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम विद्यालयका प्रधानाध्यापक केसरी बस्नेतकाे स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर सारूकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments