तानसेन वडा न ४ मा ७ दिने हाते हाेजीयारी सिपमुलक तालिम शुरू
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ४ मा ७ दिने हाते हाेजीयारी सिपमुलक तालिम शुरू भएको छ । तालिम तानसेन वडा न ४ काे आयाेजना र सिपमुलक तालिम उपभोक्ता समिति तानसेन वडा न ४ काे संयाेजनमा भएको हाे ।
तालिम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष शाक्यले तालिमले महिलाहरूलाई आर्थिक सवलिकरणकाे माध्यमबाट जिविकाेपार्जनमा टेवा पुग्ने अपेक्षा सहित वडाले बजेट बिनियाेजन गरेको बताए । महिलाहरूले घरायसीकाे कामकाे अलबा आर्थिक हिसाबले जाेडिन र व्यवसायीक बनी आर्थिक उपार्ज गर्ने गरि सीप सिक्न आग्रह गरे । तालिम लिएर मात्र तालिमकाे औचित्य पूरा नहुने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता दिई असल उधमीकाे रूपमा स्थापित हुन सहभागीहरूलाई आर्गह गरे ।
कार्यक्रममा तानसेन वडा न ४ की वडा सदस्य सीता बस्नेतले वडाले महिलाहरूलाई तालिमकाे माध्यमबाट आर्थिक रूपमा सबल बनाउन कार्यक्रम आयाेजना गरिएको बताइन । बिसाल बाज़ार आमा समूहकी अध्यक्ष सारधा कर्मचार्यले वडाले महिलाहरूकाे मागलाई सम्बाेधन गरि तालिम प्रदान गरेकोमा वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन ।
७ दिन सम्म सञ्चालन हुने उक्त तालिम शाही मन्दिर बिशाल बजारमा सञ्चालन भइरहेको छ । तालिममा ३० जना महिलाहरू सहभागी भएका कार्यक्रमका संयोजक अरूणा पाण्डेयले भट्टराईले बताइन । तालिमकाे प्रशिक्षण प्रशिक्षक रमा पन्तले दिएकी छन ।








































Comments