तानसेन वडा न ६ ले योजना र कार्यक्रमहरूको सार्वजनिक सुनुवाई तथा प्रगती समिक्षा कार्यक्रम सम्पन्न

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ६ को वडा कार्यालयले आ.व. २०८०/२०८१ मा सम्पादित योजना र कार्यक्रमहरूको सार्वजनिक सुनुवाई तथा प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको गरेको छ । वडा अध्यक्ष सागर मान महर्जनको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख  प्रतिक्षा गाहा सिंजालीले जनताको सहभागीतामा वडा न ६ ले शतप्रतिशत प्रगती हासिल गरेकोमा वडालाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । समीक्षामा क्रममा उठेका सवालहरूको जवाफ दिदै प्रगतीलाई आगामी वर्षमा समेत निरन्तरता दिनुपर्ने र सार्वजनिक चाँसोमा खवरदारी गर्न आम वडावासीहरूलाई अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत हरिराम नागिलाले जनतालाई पहिलो प्राथामिकतामा राखेर कार्य सम्पादन गर्ने र वडावाट सेवाप्रबाह गर्दा छिटो छरितो साथै प्रभाकारी बनाउने कुरामा जोड दिनुभयो । सेवाग्राहीले वडा कार्यालयलाई चनाखो भएर हेर्नुपर्ने केही बदमासी भएमा उजुरी गर्ने बानीको बिकास गर्नुपर्ने बताउनु भयो । वडा सदस्य गोमा गैरेको स्वागत मन्तव्यवाट सुरू भएको उक्त कार्यक्रममा वडा सचिव विशाल ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 

कार्यक्रममा वडा सम्पूर्ण जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका प्रतिनिधिहरू, प्रहरी, पत्रकार लगाएतले उपयुक्त र सान्दर्भिक प्रश्नहरू उठान गरेको साथै वडालाई यस्तो सुनुवाई कार्यक्रम पहिलोपटक आयोजना गरेकोमा खुसि व्यक्त समेत गर्नुभएको बिषयलाइ कार्यक्रम समापनको क्रममा वडा अध्यक्ष सागरमान महर्जन ज्यूले प्रतिउत्तर सहित सवैलाई धन्यवाद व्यक्त गर्नुभयो । 

Comments