तानसेन वडा न ६ ले एक दिने स्वास्थ्य शिविर गर्ने !!
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ६ ले एक दिने स्वास्थ्य शिविर गर्ने भएको छ । वडाले महिलाहरूलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हाे । शिविर तानसेन वडा न ६ र स्वास्थ्य शाखाकाे आयाेजनामा गरिने वडा सचिव विशाल वलिले बताए ।
आउँदो जेठ २ गते वडा न ६ काे भाेटेचाैपारीमा बिहान १० बजे देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले बताए । शिविर महिलाहरूलाई लक्षित गरि आयाेजना गर्न लागिएको बताए । बिशेष गरि शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धि पाठेघरकाे मुखकाे क्यान्सरकाे जाँच गर्ने,पाठेघर खसेकाहरूलाई स्क्रिनिङ्ग तथा रिङ्ग राख्ने,प्रजनन तथा याैन रागकाे उपचार गर्ने,बाँझाेपनकाे उपचार गर्ने तथा सल्लाह प्रदान गर्ने,परिवार नियाेजनका साधनहरू इम्प्लान्ट तथा आई यु सि डि राख्ने र निकाल्ने लगाएतका अन्य प्रजनन स्वास्थ्य सम्बन्धि एक दिने स्वास्थ्य शिविर आयाेजना गर्न लागिएको वडा अध्यक्ष महर्जनले बताए ।
शिविरमा स्त्रीरोग तथा निःसन्तानसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सरसम्बन्धी सम्पूर्ण रोगको परामर्श जाँच एवं उपचार गरिनेछ । नेपाली समाजमा प्रतिदिन बाँजोपन तथा स्तन क्यान्सरको समस्या प्रतिदिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताए । शिविरमा स्वास्थ्य परिक्षणकाे क्रममा थप जटिल समस्या देखा परेको महिलाहरूलाई उपचारका लागि अस्पतालमा सिफारिस गरिने वडा अध्यक्ष महर्जनले जानकारी दिनुभयाे ।








































Comments