तानसेन वडा न ७ का महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिकाले तानसेन वडा न ७ का महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । नगरपालिकाले २० जना महिलाहरूलाई स्वराेजगार बनाउन १५ दिने सिलाई कटाई तालिम प्रदान गरेको हाे । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा)अन्तर्गत स्तराेन्नतीका लागि सिलाई कटाई तह (२) सीप तालिम प्रदान गरेको हाे ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तालिममा सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे । तालिम पश्चात सबै महिलाहरु व्यावसायीमुखि र आत्मनिर्भर हुनुपर्ने नगर प्रमुख श्रेष्ठले बताए । उनले भने सीप भएका व्यक्ति कहिल्यै भाेकै बस्न पर्दैन,श्रम र सिपकाे सम्मान गर्न सके मानिसकाे जीवन सहज र सुखी हुने बताए । सिपले मानिसलाई सफल र आत्मनिर्भर बनाउने बताए । नगर सरकाले गरेको खर्च सदुपयोग गर्न र सफल उधमीकाे रूपमा आफुलाई स्थापित गराउन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले तालिममा सहभागी महिलाहरूले आगामी दिनमा उदाहरणीय भइ काम गर्न आग्रह गरिन । सिलाई कटाई व्यवसाय थाेरै रकमबाट पनि सञ्चालन गर्न सकिने बताइन । तालिममा सहभागी महिलाहरूले आगामी दिनमा तालिम बिचमै नछाेडि लगनशील भई लाग्नुपर्ने कुरामा जाेड दिइन । साथै महिलाहरूलाई सिलाई कटाईकाे सम्बन्धि थप तालिम आवश्यक परेमा नगरपालिकाले सहयोग गर्ने बताइन ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा बहादुर थापाले नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरेको बताए । नगरपालिकाले लघु उधम विकास कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरू जस्मा वितिय साक्षर,ब्युटिपार्लर,झिनाया बनाउने तालिम ,सिलाई कटाई जस्ता तालिमहरू प्रदान गरिरहेकाे बताए । तालिममा सहभागीहरूले गरिबी निवारका लागि नमुना काम गरि उदाहरणीय बन्न सुझाव दिए ।
कार्यक्रमका नगरपालिकाका सामाजिक विकास अधिकृत भरत प्रसाद आर्चायले नगरपालिकाले महिलाहरूलाई तालिम प्रदान गरि व्यवसायीक कार्यमा लाग्न बाटाे निर्देश गरेको बताए । नगरपालिकाले तालिम दिएर बाटाे मात्र देखाएको छ । आगामी दिनमा कति सफल र व्यवसायीक बन्न सकिन्छ । त्याे सहभागीहरूकाे हातमा रहेको बताए । नगरपालिकाले अघिल्लो बर्ष आधारभुत तालिम प्रदान गरेको बताए । याे बर्ष महिलाहरूले थप तालिमकाे माग गरेकाले तह( २ )काे तालिम प्रदान गरेको बताए । तालिममा सहभागीहरू व्यवसायीक, आत्मनिर्भर भएमा तानसेन नगरपालिका, प्रदेश र संघकाे आर्थिक समृद्धि हुने बताए । साेही अनुरूप सहभागीहरू अग्रसर हुनुपर्ने बताए ।
धनमाया दर्लामी तानसेन वडा न ७ निवासी हुन । उनले अघिल्लो बर्ष आधारभुत सिलाई कटाई तालिम लिएकी थिइन । उक्त तालिम प्रयाप्त नभएकोले याे बर्ष नगरपालिकासँग थप तालिमकाे माग गरेको बताइन । दर्लामीले याे बर्ष थप तह (२) सिलाई कटाई तालिम लिन पाउँदा खुशी भएको अनुभव सुनाईन । तालिममा विशेषगर ४ वटा प्याकेजकाे सीप सिकेकाे उनले बताइन ।
कार्यक्रम वडा सदस्य मिना परियारकाे स्वागत र तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । तालिममा २० जना सहभागी भएका थिए । तालिम समापन कार्यक्रमकाे अवसरमा सहभागीहरूलाई टीका र प्रमाणपत्र प्रदान गरिएको थियाे ।








































Comments