तानसेन वडा न ४ का महिलाहरूलाई हाते हाेजियारी तालिम प्रदान
पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न ४ का महिलाहरूलाई एक हप्ते हाेजियारी तालिम प्रदान गरिएको छ । कार्यक्रम तानसेन वडा न ४ काे आयाेजना र सिप मुलक तालिम उपभोक्ता समितिकाे समन्वयमा भएको हाे । तालिममा २५ जना सहभागी भएका थिए । तालिममा महिलाहरूलाई हाते हाेजियारी तालिम अन्तर्गत टाेप,स्विटर बनाउने सिप प्रदान गरिएको हाे ।
तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले महिलाहरूलाई उधमशील बनाउन वडाबाट बजेट बिनियाेजन गरि तालिम प्रदान गरिएको बताए । तालिममा सिकेका कुरालाई सदुपयोग गरि सफल उधमी बन्न आग्रह गरे । वडा न ४ बिशेष गरि शहरी क्षेत्रमा पर्ने, कृषि र पशुपालन सम्भावना नरहेकोले वडाले महिलाहरूलाई उधमशील कार्यमा सहभागी बनाई आत्मनिर्भर बनाउन हाते हाेजियारी तालिम प्रदान गरेको बताए । आगामी बर्ष वडा कार्यालयले थप बजेट वृद्धि गरि एड्भान्स तालिम प्रदान गर्ने बताए ।
कार्यक्रममा प्रशिक्षक रमा पन्तले तालिममा सिकेका कुराहरूलाई अन्य दिदी बहिनिहरूलाई सिकाउन आग्रह गरिन । अन्य कुरा बाढेर सकिन्छ तर सीप जति धेरैलाई बाढ्याे उति नै धेरै बढ्ने भएकोले अन्य दिदी बहिनिलाई सीप सिकाउन आग्रह गरिन ।
कार्यक्रममा नयाँ टाेल विकास सस्थाका सदस्य सीता घिमिरेले स्टिवटर ,टाेपी बनाउने तालिम पाउँदा खुशी भएको अनुभव सुनाईन । वडाले आगामी दिनमा अझै थप एडभान्स तालिम दिनुपर्ने बताइन । तालिमले महिलाहरूलाई आत्मनिर्भर हुन सहयोग गर्ने बताइन् । कार्यक्रम सिपमुलक तालिम उपभोक्ता समितिका संयाेजक अरूणा भट्टराईकाे अध्यक्षता र भुनु कुमारी बरालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments