तानसेन नगरपालिकाको आयाेजनामा मेलमिलाप सम्बन्धी कार्य सूसुचित गर्नका लागि वडा भेला सम्पन्न
जयराम सापकोटा
तानसेन नगरपालिका वडा नम्वर १ मा मेलमिलाव सम्वन्धी कार्यसुसुचित गर्नका लागी मेलमिलाव केन्द्रको समन्वय र तानसेन नगरपालीकाको आयोजनामा वडाभेला सम्पन्न भएको छ ।
वडा भेलामा वडा भित्र रहेका २२ वटा टोल विकाश संस्थाका अध्यक्ष तथा प्रतिनिधी, वडाका जनप्रतिनिधि एवं कर्मचारी, मेलमिलाव केन्द्रका सहजकर्ता र तानसेन नगरपालिका न्यायिक समितिका सदस्यहरु सहितको भेलामा न्यायिक समिति सदस्य सविता भट्टराईले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७४ को १ अनुसार सरकारले मेलमिलाव केन्द्रलाई प्रत्याभुती गरेका निति नियम विधि र अधिकार वारे उपस्थित भेलालाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा वोल्दै वडा नं.१ का मेलमिलाव कर्ता चिरन्जिवी खनालले सिमित स्रोत साधनका विच पनि आफुहरुले वडा भित्र परेका निवेदनहरुलाई सहजिकरण गर्दै अघि वढेको र वडावाट नमिलेका मुद्दाहरुलाई नगरपालिकाको न्यायीक समितिमा पठाउने गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तानसेन नगर उपप्रमुख प्रतिक्षा सिंजालीले आफुहरुको चाहना कसैसंग कसैको वादविवाद नै नहोस र भइहाले पनि मेलमिलाव कर्तावाटै यसको समाधान होस भन्ने रहेको बताउनुभयो । कम खर्च र कानुनी झन्जट विना नै विवाद साम्य होस,र हाम्रा नगरवासी सवै मिलेर वसेको देख्न र सुन्न पाउँ भन्ने ईच्छा नगरपालिकाकाे रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष शुनिल वस्यालले मेलमिलाव केन्द्रले आफ्ना नियमित वैठक वस्ने गरेको र वेलावेलामा आफुलाई पनि वोलाएर सुझाव सल्लाह लिने गरेकोमा मेलमिलाव केन्द्रलाई धन्यवाद दिनुभयो । कार्यक्रम मेलमिलाव केन्द्रका सहजकर्ता विण्णु वस्यालको स्वागत, मेलमिलाव केन्दकी वर्तमान संयोजक लक्ष्मी ज्ञवालीको अध्यक्षता र सहजकर्ता मित्रलाल नेपालीको संचालनमा सम्पन्न भएको हो ।








































Comments