तानसेन नगरपालिका वडा न २ ले ५० जना जेष्ठ नागरिकलाई गर्याे सम्मान!!

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न २ ले वडाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।  तानसेन वडा न २ काे सहयोग तथा वडा भित्रका सम्पूर्ण टाेल विकास सस्थाहरूकाे आयाेजनामा जेष्ठ नागरिकहरूलाई सम्मान तथा सचेतना कार्यक्रम गरिएको हाे । शनिबार सम्पन्न कार्यक्रममा वडा भित्रका ८० बर्ष भन्दा माथि उमेर समुहका ५० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको हाे । जेष्ठ नागरिकलाई दाेसल्ला,प्रमाणपत्र र थर्मस प्रदान गरिएको थियाे ।

  

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेन नगरपालिकाले निकट समयमा तानसेन नगर स्तरीय जेष्ठ नागरिक मिलन केन्द्रकाे गठन गर्ने बताए । तानसेन नगरपालिका भित्रका लागि १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरि जेष्ठ नागरिक मिलन केन्द्रकाे गठन गर्ने र नगरपालिकाबाट निश्चित बजेट बिनियाेजन गर्ने बताए । जेष्ठ नागरिकहरूसँग भएका अनुभव,सल्लाहा र सुझावलाई ग्रहण गर्दै नगरपालिकाले जेष्ठ नागरिकहरूका लागि गर्नुपर्ने नितिगत कुराहरूमा समावेश गर्नका लागि जेष्ठ नागरिक मिलन केन्द्रकाे गठन गर्न नगरपालिकाले आवश्यक ठानेको बताए । नगरपालिकाले छिटै जेष्ठ नागरिकहरूकाे  भेला गरि नगर स्तरीय समूह गठन गर्ने र  नगरपालिकाले बजेट बिनियाेजन गरि १४ वटै वडाका जेष्ठ नागरिकहरूकाे मनाेभावनालाई आत्मसाथ गरि प्रत्येक बर्ष यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने बताए । वृद्धवृद्धाहरूको उचित स्याहार सुसार र हेरविचार गर्नु राज्यको दायित्व हुन आउने बताउँदै यसतर्फ नगरपालिकाले ध्यान दिने बताए । उनले परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरूको उचित हेरविचार गर्नुपर्नेमा जोड दिए ।



तानसेन नगरपालिका प्रमख प्रशासकृय अधिकृत हरिराम नागिलाले नागरिकहरुलाई माया गरि सम्मान गरिएकोमा वडा कार्यालयलाई धन्यवाद दिए । आगामी वर्षहरुमा यस्तै, यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुलाई खुसी पार्न नगरपालिकाले १४ वटै वडालाई समेटि कार्यक्रम ल्याउने बताए । तानसेन नगरपालिकाले निकट समयमा नै जेष्ठ नागरिक मिलन केन्द्रकाे गठन गर्ने र नगरपालिका भित्रका १४ वटै वडाका जेष्ठ नागरिकहरूलाई समेट्ने गरि नीति तथा कार्यक्रमकाे माध्यमबाट कार्यक्रम ल्याउने बताए । 



सम्पूर्ण टाेल विकास सस्थाकाे तर्फबाट बढिज्ञानटाेल विकास सस्थाका सल्लाहकार रमा पन्तले वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखी प्रशासनिय कार्य गरेको बताइन । वडा न २ मा जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक विश्राम पार्क निर्माण गर्न आवश्यक रहेको बताउदै यस तर्फ वडा कार्यालय र नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताइन  । सम्मानित व्यक्तित्व भिम प्रसाख भट्टराईले जेष्ठ नागरिकहरूकाे  हक हित र अधिकारका जेष्ठ नागरिक मिलन केन्द्रकाे गठन गर्न आवश्यक रहेको बताए ।

 

कार्यक्रममा तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले वडाले ८० बर्ष माथिका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेकाे बताए । वडाहरूमा  महिला,दलित लगाएत विभिन्न लक्षित वर्गका लागि कार्यक्रम भइरहेको छन,तर जेष्ठ नागरिक लक्षित कार्यक्रम हुन नसकेकोमा परिस्थितिमा वडाले जेष्ठ नागरिकहरूलाई लक्षित गरि सम्मान कार्यक्रम गरेकाे बताए । वडाले जेष्ठ नागरिकहरूकाे सुविधालाई मध्ये नजर गरि घरदैलोमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे  बताए । जेष्ठ नागरिकहरूकाे अनुभव,सल्लाहा र सुझावलाई ग्रहण गरि वडा सरकार अगाडि बढ्ने बताउदै  वडाले कार्यालयले जेष्ठ नागरिक बिश्राम पार्ककाे निर्माण गर्न पहल गर्ने बताए ।   

 

कार्यक्रम बढिज्ञान टाेल विकास सस्था ख कि अध्यक्ष सन्तोषी महर्जन सञ्चालन र वडा न २ का १० वटै टाेल विकास सस्थाकी संयाेजक कमला पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।  कार्यक्रममा जेष्ठ नागरिकहरूलाई नेपाल परिवार नियाेजनका संघका प्रमुख शाेभाकान्त न्याैपाेनेले प्रशिक्षण दिएका थिए  ।

Comments