तानसेन नगरपालिका वडा न २ का नागरिकलाई कौशी खेती सम्बन्धि एक दिने तालिम तथा सामाग्री वितरण
पाल्पाकाे तानसेन नगरपालिका वडा न २ का नागरिकलाई कौशी खेती सम्बन्धि एक दिने तालिम तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तालिमकाे शुभारम्भ तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठ गर्नु भएको हाे । एक दिने तालिममा वडा भित्रका महिलाहरूकाे उत्साहजनक उपस्थिति रहेको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले कौशी खेतीसम्बन्धी एक दिने तालिम तथा सामग्री वितरण कार्यक्रम गरि वडा कार्यालयले प्रशंसानीय कार्य गरेको बताउनुभयो । नगरपालिकाले कृषिमा नविनता ल्याउन र वडा वासीहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको परिस्थितिमा कौशी खेतीलाई प्रवर्द्धन गर्दै आधुनिक कृषि पद्धतिको प्रयोगमार्फत स्वच्छ, हरियाली र आत्मनिर्भर नगर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कौशी खेतीले सिमित ठाउँमा पनि तरकारी, फलफूल तथा अन्य खेती गर्न सकिने मात्र होइन, यसले हाम्रो वातावरण सुधार, स्वच्छ हावा प्राप्ति, र परिवारको पोषणस्तरमा सुधार ल्याउने विशेष योगदान दिने बताउनुभयो । यसले नगदे बालीको उत्पादन गरी आम्दानीको स्रोत पनि थप्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले तालिममा वडा वासीहरूलाई कौशी खेतीसम्बन्धी नवीनतम प्रविधि,प्रक्रिया, र कार्यान्वयनका चरणहरूको ज्ञान प्रदान गरिएकाे बताउनुभयो । साथै, वितरण गरिने सामग्रीले खेती सुरु गर्न सहज बनाउने बताउनुभयो । तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवहारमा लागू गर्दै वडाको समग्र विकासमा योगदान पुर्याउने गरि काम गर्न सहभागीहरूलाई आग्रह गर्नुभयाे । कार्यक्रममा कार्यपालिका सदस्य,वडा सदस्य,स्थानीय, समाजसेवी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेको थियाे ।








































Comments