तानसेन नगरपालिका लिजामा पाल्पामा प्रथम
तानसेन नगरपालिकाले ल्यायो (LISA) मा उत्कृष्ठ नतिजा : पाल्पामा प्रथम, लुम्बिनी प्रदेशमा पाँचौं स्थान
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.ब. २०८०/८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा तानसेन नगरपालिका पाल्पा जिल्लामै उत्कृष्ठ बन्न सफल भएको छ । पाल्पाका १० वटा स्थानीय तहमध्ये तानसेनले ८८.७५ अंक ल्याउँदै जिल्लामै पहिलो स्थान हासिल गरेको हो । तानसेन नेपालमै १० अौं स्थानमा परेको छ ।
तानसेन नगरपालिकाले शासकीय प्रबन्ध, न्यायिक कार्यसम्पादन, वित्तीय एवं आर्थिक ब्यबस्थापन, सहकार्य र समन्वय लागायतका सूचकमा उच्च अंक प्राप्त गरेको मन्त्रालयले सार्बजनिक गरेको नतिजामा उल्लेख छ । त्यस्तै, लुम्बिनी प्रदेशभरका स्थानीय तहबीचको प्रतिस्पर्धामा तानसेन नगरपालिका ५ औं स्थानमा परेको छ । प्रदेशस्तरमा तिलोत्तमा नगरपालिका पहिलो, देवदह नगरपालिका दोस्रो, रुरु गाउँपालिका तेस्रो, बाणगंगा नगरपालिका चौथो र तानसेन नगरपालिका पाँचौं स्थानमा परेका छन् ।
नागरिकमैत्री सेवा प्रवाह र सुशासनप्रतिको निरन्तर प्रतिबद्धता नै यस सफलताको मुख्य कारण हुन् । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याएर सेवा प्रवाहलाई थप उचाइमा पुर्याउने संकल्प नगरपालिकाले गरेको छ । पाल्पाका १० स्थानीय तहमा माथागढी सबैभन्दा पछाडी परेकाे छ ।








































Comments