तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप क्रिकेट प्रतियाेगिताकाे उपाधी तानसेन वडा न १ लाई

पाल्पा-तानसेनमा सञ्चालन भइरहेको तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगिताकाे उपाधी तानसेन वडा न १ ले हात पारेको छ । द्वितीयमा तानसेन वडा न ९ भएका छन । प्रथमले रूपैयाँ १ लाख १ हजार १ सय ११ रूपैयाँ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने द्वितीय हुनेले ५० हजार ५ सय ५५ रूपैयाँ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । तानसेनकाे टुडिखेेल मैदानमा समापन भएको प्रतियाेगिता तानसेन वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद समितिका संयाेजक हेमन्त राज शाक्यकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । 

 

कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताउनुभयो । यस्ता प्रतियोगिताहरूले नगरका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउने मात्र नभई, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीका रूपमा अघि बढ्न प्रोत्साहन गर्ने बताउनुभयो । यो प्रतियोगिता नगरपालिकाको खेलकुदप्रतिको प्रतिबद्धताको एउटा उदाहरण हो । आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलाडीहरूलाई आवश्यक सहयोग र सुविधाहरू उपलब्ध नगरपालिका तयार रहेको बताउनुभयो । 

 

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाकाे विशिष्ट आतिथ्यता,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,वडा न १२ का वडा अध्यक्ष मेजर सिङ केसी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

 

कार्यक्रममा तानसेन नगरपालिका खेलकुद विकास समिति संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई, समाजलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम रहेको बताउनुभयो । तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको महत्वलाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रको समग्र विकासका लागि खेलकुद विकास समिति गठन गरेको बताउनुभयो । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुदका पूर्वाधार निर्माण गर्न र विभिन्न प्रतियोगिताको आयोजना गरी खेल संस्कृतिको विस्तार गर्न योजनाबद्ध कार्य अघि बढाएकाे बताउदै अहिले नगर सरकारले नगरस्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता सञ्चालन गरेको बताउनुभयो । 

 

Comments