तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा वडा न ३ र वडा न ४ बिजयी
भैरब प्रेस संवाददाता
2 years ago
Social Share
पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा शुक्रबार भएको खेलमा तानसेन वडा न ३ र वडा ४ ले जिते हात पारेका छन ।
पहिलाे खेलमा वडा न ३ र वडा न १४ बिच भएकाे थियाे । जस्मा तानसेन वडा न ३ ले ८ रन बढि सहित जित हात पारेको हाे । खेलमा म्यान अफ द म्याच वडा न ३ का साेभित शाही भएका छन ।
प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन ।
भने शुक्रबार नै भएकाे दाेस्त्राे खेलमा वडा न ४ र वडा न ११ बिच भएकाे थियाे । उक्त खेलमा वडा न ४ ले वडा न ११ लाई पराजित गर्याे । खेलकाे म्यान अफ द म्याच तानसेन वडा न ४ का विशाल जसवाललाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।
Comments