तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा वडा न ४ र वडा न ११ बिजयी

पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको  तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा साेमबार भएको खेलमा तानसेन वडा न ४ र वडा ११ ले जिते हात पारेका छन ।

 

पहिलाे खेलमा वडा न ४ र वडा न ७ बिच भएकाे थियाे । जस्मा तानसेन वडा न ४ ले जित हात पारेको हाे । खेलमा म्यान अफ द म्याच वडा न ४ का कुशल कर्माचार्य भएका छन । 

 प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन । 

 

भने साेमबार नै भएकाे दाेस्त्राे खेलमा वडा न ११ र वडा न १२ बिच भएकाे थियाे । उक्त खेलमा वडा न ११ ले वडा न १२ लाई ४ रनले पराजित गर्याे । खेलकाे म्यान अफ द म्याच तानसेन वडा न ११ का अभिषेक राना भाटलाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।

Comments