तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा वडा न १ B र वडा न ८ बिजयी
पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा साेमबार भएको खेलमा तानसेन वडा न १ B र वडा ८ ले जिते हात पारेका छन ।
पहिलाे खेलमा वडा न १ B र वडा न ६ A बिच भएकाे थियाे । जस्मा तानसेन वडा न १ B ले जित हात पारेको हाे । खेलमा म्यान अफ द म्याच वडा न १ B का विक्रम घिमिरे भएका छन ।
प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन ।
भने बिहिवार नै भएकाे दाेस्त्राे खेलमा वडा न ८ र वडा न ६ B बिच भएकाे थियाे । उक्त खेलमा वडा न ८ ले वडा न ६ B लाई ३१ रनले पराजित गर्याे । खेलकाे म्यान अफ द म्याच तानसेन वडा न ८ का विपिन भट्टराईलाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।








































Comments