तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा वडा न १ A र वडा न ९ पहिलाे खेलमा बिजयी

पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको  तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा आइतबार भएको खेलकाे खेलमा तानसेन वडा न १ A र वडा ९ ले जिते हात पारेका छन ।

 

पहिलाे खेलमा वडा न १ A र वडा न ५ बिच भएकाे थियाे । जस्मा वडा न १ A ले टस जितेर फिल्ड राेजेकाे थियाे । वडा न ५ ले १९.४ ओभरमा ८३ रन बनाउन सफल भएको थियाे । भने वडा न १ A ले १६.४ ओभरमा ८३ रन बनाउन सफल भयाे । पहिलाे  खेलमा म्यान अफ द म्याच शिव शर्मा भएका छन । 

 

  प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन । 

 

भने आइतबार नै भएकाे दाेस्त्राे खेलमा वडा न ६ A र वडा न ९ बिच भएकाे थियाे । दाेस्त्राे खेलमा वडा न ६ A ले टस जितेर पहिलाे बलिङ्ग गर्ने निर्णय गरेको थियाे । उक्त खेलमा वडा न ९ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ९८ रन बनाउन सलफ भयाे । जस्मा गाेपाल तिमिल्सिनाले २३ रन,सागर बस्यालले २१ रन र भुवनले १९ रन बनाउन सफल भए । बलिङ्ग तर्फ विश्वास श्रेष्ठले ३ विकेट,निरजले २ विकेट लिन सफल भए । जवाफी ब्याटिङ्गमा वडा न ६ A ले १८.२ वलमा सम्पूर्ण विकेट गुमाई ६९ रन बनाउन सफल भए । खेलमा वडा न ९ ले वडा न ६ A लाई २९ रनले पराजित गर्याे । खेलकाे म्यान अफ द म्याच भुवन राज पाण्डेलाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । 

Comments