तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा शनिबार वडा न १२ र वडा न १ A बिजयी

पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको  तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा शनिबार भएको खेलमा तानसेन वडा न १२ र वडा १ A ले जिते हात पारेका छन ।

 

पहिलाे खेलमा वडा न ४ र वडा न १२ बिच भएकाे थियाे । जस्मा तानसेन वडा न ४ ले  ब्याटिङ्ग गर्दै सबै विकेट गुमाएर ८० रन बनाउन सफल भएको थियाे । जस्मा विरेन्द्र जैसवालले ३१ रन बनाएका थिए । खेलमा वडा न १२ का शरण विश्वकर्माले ४ विकेट लिए । जवाफी ब्याटिङ्गमा उक्लेकाे वडा न १२ ले १६ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गरेको थियाे । खेलमा म्यान अफ द म्याच वडा न १२ का पदम रेश्मी भएका छन । 

 

 प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन । 

 

भने शनिबार नै भएकाे दाेस्त्राे खेलमा वडा न १ A र वडा न ८  बिच भएकाे थियाे । उक्त खेलमा वडा न १ A ले वडा न ८ लाई पराजित गर्याे । खेलमा वडा न १ A ले वडा न ८ लाई ७५ रनकाे पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेको हाे । खेलमा वडा न १ A का अर्पण अर्यालकाे अलराउण्डर प्रदर्शनले वडा न १ A विजयी भएको हाे ।  खेलकाे म्यान अफ द म्याच तानसेन वडा न १ A अर्पण अर्याललाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।

Comments