तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा साेमबार वडा न ८ बिजयी
पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा साेमबार भएको खेलमा तानसेन वडा न ८ ले जिते हात पारेकाे छ ।
प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे ।
खेल साेमबार वडा न ८ र वडा न ५ बिच भएको थियाे । जस्मा वडा न ८ ले १ सय २० रन ल्याउन सफल भयाे । भने वडा न ५ ले ७१ रन ल्याउन सफल भयाे । खेलकाे म्यान अफ द म्याच तानसेन वडा न ८ का बिष्णु सिङ्जालीलाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।








































Comments