तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा बुधबार वडा न ५ र वडा न ११ बिजयी
पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा बुधबार भएको खेलमा तानसेन वडा न ५ र वडा ११ ले पुन जिते हात पारेका छन ।
पहिलाे खेलमा वडा न ५ र वडा न ६ B बिच भएकाे थियाे । जस्मा वडा न ५ ले टस जितेर ब्याटिङ्ग राेजेकाे थियाे । वडा न ५ ले ७ विकेटले वडा न ६ B लाई पराजित गर्याे । उक्त खेलमा वडा न ५ का राजिव थापा म्यान अफ द म्याच भएका छन ।
प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन ।
भने बुधबार नै भएकाे दाेस्त्राे खेलमा वडा न ११ र वडा न ७ बिच भएकाे थियाे । उक्त खेलमा वडा न ११ ले निर्धारित २० ओभरमा १०४ रनकाे लक्ष्य दिएको थियाे । जवाफी ब्याटिङ्गमा वडा न ७ ले सबै विकेट गुमाई ६३ रन बनाउन सफल भयाे । जस्मा वडा न ११ ले ४० रनकाे अन्तरले जित हासिल गरेको छ । उक्त खेलकाे म्यान अफ द म्याच वडा न ११ का अनमाेल बाेहाेरालाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । खेलमा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कि,पाल्पा क्रिकेट संघका कावा अध्यक्ष शैलेन्द्र भट्टराई लगाएतकाे उपस्थिति रहेको थियाे ।








































Comments