तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा आइतबार वडा न ९ र वडा न १२ बिजयी
पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा आईतबार भएको खेलमा तानसेन वडा न ९ र वडा १२ ले पुन जिते हात पारेका छन ।
पहिलाे खेलमा वडा न १ B र वडा न ९ बिच भएकाे थियाे । जस्मा वडा न ९ ले वडा न १ B लाई ५५ रनले पराजित गर्याे । उक्त खेलमा वडा न ९ का नवीन गैरे म्यान अफ द म्याच भएका छन ।
प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन ।
भने आइतबार नै भएकाे दाेस्त्राे खेलमा वडा न ७ र वडा न १२ बिच भएकाे थियाे । उक्त खेलमा वडा न १२ ले वडा न ७ लाई पराजित गर्याे । उक्त खेलकाे म्यान अफ द म्याच वडा न १२ का सरन विश्वकर्मालाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे ।








































Comments