तानसेन नगर स्तरीय क्रिकेट प्रतियाेगिताकाे उपाधी वडा न ३ लाई
पाल्पा- तानसेन नगरस्तरीय क्रिकेट प्रतियाेगिताकाे उपाधी वडा न ३ ले हात पारेको छ । आइतबार तानसेन स्थित टुडिखेलमा भएको फाइनल खेलमा वडा न ९ लाई हराउदै वडा न ३ ले उपाधी हाते पारेको हाे ।
नगरस्तरीय क्रिकेट प्रतियाेगिता समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेनलाई खेल पर्यटनकाे रूपमा विकास गर्न यस्ता प्रतियाेगिताले सहयोग गर्ने बताए । नगरपालिकाले समग्र खेल क्षेत्र र खेलाडीहरूकाे विकासका लागि प्रत्येक बर्ष बजेट विनियोजन गरिरहे पनि प्रयाप्त नभएकाे बताए । नगरले खेलकुदकाे लागि आगामी बर्ष थप बजेट विनियोजन गर्ने बताए । यस्ता प्रतियाेगिताकाे माध्यमबाट खेलाडीहरूकाे उत्पादनमा टेवा पुग्ने बताए । खेलाडीहरू निरन्तर खेल क्षेत्रमा लाग्न र राष्ट्रिय स्तरका खेलाडीहरूकाे पहिचान बनाउने गरि लाग्न आर्गह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले तानसनलाई खेल पर्यटन विकास गर्न विभिन्न प्रतियाेगितात्मक कार्यक्रम सञ्चालन गरिरहेकाे बताए । वडा कार्यालयले विगतका बर्ष देखि नै वडा स्तरीय क्रिकेट प्रतियाेगिता सञ्चालन गर्दै आएकाे बताए । साथै आगामी बर्ष पनि प्रतियाेगितालाई निरन्तरता दिने बताए ।
कार्यक्रममा पाल्पा फुटबल संघका अध्यक्ष प्रणय वीर जङ्ग राणा,तानसेन नगरपालिकाका प्रमुख सल्लाहकार सुवर्ण मुनि शाक्य ,क्रिकेट संघ पाल्पाका सदस्य पुर्न राज शाक्य लगाएतकाे उपस्थिति रहेको थियाे । प्रतियाेगितामा १२ टिमकाे सहभागीता रहेको थियाे । प्रतियाेगितामा प्रथम हुनेले २० हजार नगद,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । भने द्वितीय हुनेले १० हजार नगद,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।








































Comments