तानसेन मेयर कप रनिङ्ग शिल्ड;वडा न ३ लाई पराजित गर्दै वडा न १ A फाइनलमा प्रवेश

पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको  तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा मंगलबार भएको खेलमा तानसेन वडा न १ A ले जिते हात पारेकाे छ ।

 

 प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । 

 

खेल मंगलबार वडा न १ A  र वडा न ३ बिच भएको थियाे । जस्मा वडा न ३ ले ५३ रनकाे टार्गेट दिएकाे थियाे । खेलमा वडा न १ A ले ११/५ ओभरमा ६ विकेट गुमाई ४ विकेट बाकी छदै निर्धारित लक्ष्य प्राप्त गर्न सफल भयाे । यस सँगै वडा न १ A फाइनलकाे यात्रा तय गरेको छ । फाइनलका लागि भाेली बुधबार वडा न ९ र वडा न १२ भिड्दै छन ।  आजकाे खेलकाे म्यान अफ द म्याच तानसेन वडा न १A का रूपेश बस्याललाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयाे । बस्यालले ३५ रन बनाउन सफल भएका थिए ।

Comments