तानसेन मेयर कप रनिङ्ग शिल्ड क्रिकेटमा मंगलबार वडा न १ A र वडा न २ पहिलाे खेलमा बिजयी

पाल्पाकाे तानसेन नगरपालिका स्थित टुडिखेलमा सञ्चालन भएको  तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगितामा मंगलबार भएको खेलमा तानसेन वडा न १ A र वडा २ ले जिते हात पारेका छन ।

 

पहिलाे खेलमा वडा न १ A र वडा न ६ B बिच भएकाे थियाे । जस्मा वडा न १ A ले टस जितेर ब्याटिङ्ग राेजेकाे थियाे । वडा न १ A ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७९ रन बनाउन सफल भयाे । जस्मा रूपेश बस्यालले ६२ रन,विशाल दंगालले ३९ रन बनाएका थिए भने बलिङ्ग तर्फ वडा न ६ B का प्रवेश थापाले ३ विकेट हासिल गरेका थिए । जवाफी ब्याटिङ्गमा उक्लेकाे वडा न ६ B समूह खेलाडी ४४ रनमै समेटिन पुगेका थिए । र १३५ रनले पराजित भएका थिए । उक्त खेलमा सर्वाधिक रन बनाउने वडा न १ A का रूपेश बस्याल म्यान अफ द म्याच भएका छन । 

 

प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन ।

 

भने मंगलबार नै भएकाे दाेस्त्राे खेलमा वडा न २ र वडा न १४  बिच भएकाे थियाे । उक्त खेलमा वडा न २ ले वडा न १४ लाई ५ विकेटले पराजित गरेका थिए । उक्त खेलकाे  म्यान अफ द म्याच वडा न २ का सुन्दर बस्याललाई प्रदान गरिएको नगर खेलकुद विकास समितिका संयाेजक एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । खेलमा मंगलबार नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चनकाे उपस्थिति रहेको थियाे ।

Comments