तानसेन महाेत्सवमा  गायक रामजी खाड र गायिका सम्झना लामिछानेले मच्चाए धमाका

पाल्पाकाे सदरमुकाम तानसेनमा जारी ‘तानसेन महोत्सव’मा गायक रामजी खाड र गायिका सम्झना लामिछानेले धमाका मच्चाएका छन । खाड र लामिछानेले  "फुल फुलेर पहेलै भयाे" नामक गित स्टेजमा सँगै गाएका थिए । उक्त गीत एक साथ गाउँदा दर्शक झुमेका थिए ।  मुख्य आकर्षणका रुपमा उपस्थित रामजी खाड र सम्झना लामिछानेले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए ।

 

गायक खाडकाे फुल फुलेर पहेलै  भयाे,जिम्माल बाउ कि छाेरी,दामी देखिन्छ लगाएतका गीतमा दर्शक रमाए । बिहिबारकाे अन्तिम प्रस्तुति दिन स्टेश चढेकी गायिका सम्झना लामिछानेले खाडलाई सँगै गाउन भने पछि" फुल फुलेर पहेलै भयाे" गितकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । बिहिवारका रामजि खाड,सम्झना लामिछाने मगर सँगै रूबिना अधिकारी,सम्झना रणपाल,सन्तोष पृथी,रूपा नेपाली लगायतको समेत प्रस्तुति रहेको थियो । 

 

फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव चल्ने छ ।  तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ ।  महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन  नगरपालिकाले जनाएको छ । पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयाे ।

Comments