तानसेन महाेत्सवमा  गायक राजन राज शिवाकोटीकाे प्रस्तुतिमा झुमे दर्शक

पाल्पाकाे सदरमुकाम तानसेनमा जारी ‘तानसेन महोत्सव’मा गायक राजन राज शिवाकोटीकाे प्रस्तुतिमा दर्शक झुमेका छन् । साेमबार मुख्य आकर्षणका रुपमा उपस्थित शिवाकोटीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए । उनले आफ्ना हिट गीतमार्फत प्रस्तुति दिए ।

 

‘कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु ’, सुर्के थैली खै‘’,माया हातमा रूमाल हल्लाउँदै लगाएतका गीतमा दर्शक रमाए ।  गायक शिवाकोटीकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । साेमबार राजन राजसँगै इन्द्र जिसी,प्रेम लामिछाने मगर लगायतको समेत प्रस्तुति रहेको थियो । 

 

फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव चल्ने छ ।  तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ ।  महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयाे ।

Comments