तानसेन महाेत्सवमा गायिका रचना रिमालकाे प्रस्तुतिमा झुमे दर्शक
पाल्पाकाे सदरमुकाम तानसेनमा जारी ‘तानसेन महोत्सव’मा गायिका रचना रिमालकाे प्रस्तुतिमा दर्शक झुमेका छन् । बुधबार मुख्य आकर्षणका रुपमा उपस्थित रिमालले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन । उनले आफ्ना हिट गीत मार्फत प्रस्तुति दिइन ।
रिमालकाे ढुङ्गे धारा,फाेटाे फिरिममा,उनकाे प्रिति,लगाएतका गीतमा दर्शक रमाए । गायिका रिमालकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । बुधबार राजन राजसँगै श्रीकृष्ण क्षेत्री,लालुमाया कुवर,बबिता धिताल लगायतको समेत प्रस्तुति रहेको थियो ।
फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव चल्ने छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ । महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयाे ।








































Comments