तानसेन ११ का कृषकहरूलाई सिचाई कोष उपहार अन्तर्गत कृषि औजार तथा उपकरण हस्तान्तरण

पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न ११ स्थित जोगेपानी बहुउधेश्य सहकारी सस्था लिमिटेडका सदस्यहरूलाई सिचाई कोष उपहार अन्तर्गत कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ । कार्यकम हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग,ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरण तथा जोगेपानी बहुउधेश्यीय सहकारी सस्था लिमिडेटको आयोजनामा भएको हो । 

 

कार्यकमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ रहनु भएको थियो । उहाले तानसेन नगरपालिकाको विकास कृषि र पर्यटन माध्यमबाट नै हुने भएकाले नगरपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । तानसेन नगरपालिकाको अधिकाश वडाहरू ग्रामीण परिवेशका वडा रहेकाले ति वडाहरूलाई कृषि,पशुपालनको माध्यमबाट आर्थिक सवलीकरण गर्नका लागि नगर सरकारले निति तथा कार्यकममा नै समेटर कृषि पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । नगरले विगतका बर्षहरूबाट नै विभिन्न संघ सस्थासँग सहकार्य गरि नगरका कृषकहरूलाई अनुदानका कार्यकमहरू सञ्चालन गरिरहेको बताउदै आगामी दिनमा कृषकहरूको मागमा आधारित कार्यकमहरूलाई निरन्तरता दिने बताउनुभयो । 

 

 

कार्यकमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले सिचाई कोष उपहार अन्तर्गत कृषि औजार तथा उपकरण वितरण कार्यकमले कृषकहरूलाई सिचाईमा सहजता हुने र कृषि उपजको उत्पादनमा समेत वृद्वि हुने बताउनुभयो । पछिल्लो समयमा रासायनिक मलको प्रयोगले गर्दा कृषि उपज वृद्वि भएता पनि मानव स्वास्थ्यमा नकारात्मक असरहरू देखिएका लागि वितरित सामाग्ीहरूले झोल प्राङ्गारिक मलको प्रयोगलाई बढ्वा दिने र कृषि उपजमा समेत वृद्वि हुने विश्वास व्यक्त गर्नुभयो । 

 

कार्यकममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले वितरित कृषि औजारले कृषकहरूलाई आर्थिक आयआर्जन जोडिन, जीवनस्तर उकास्न सहयोग गर्ने बताउनुभयो । विगत समयमा परम्परागत रूपम कृषि कार्य गर्दा उत्पान लागत धेरै लाग्ने,कृषि कर्म गर्ने कृषकहरूलाई समय पनि बढि लाग्ने परिस्थितिलाई मध्ये नजग गरि आधुनिक कृषि प्रणालीको माध्यमबाट कृषि उपजका कार्यमा कृषकलाई जोड्न कार्यकमले सहयोग गर्ने बताउनुभयो । 

 

कार्यकममा ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले तानसेन नगरपालिकाले हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पासँग सहकार्य गरि तानसेन नगरका ग्रामीण भेगमा कृषि र पशुपालनलाई केन्दित गरि जन उत्पादनमुखी कार्यकम सञ्चालन गरिरहेको बताउनुभयो । उहाले नगरपालिकाले कृषि र पशुपालनको सम्भावना रहेका क्षेत्रको पहिचान गरि उक्त क्षेत्रलाई सोहि अनुरूपमा पकेट क्षेत्रको रूपमा विकास गर्ने गरि अगाडि बढेको बताउनुभयो । तानसेन नगरपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई तीव्रता दिने र किसानलाई घर–घरमै कृषि प्रविधिको सिप सिकाउने योजना अघि सरेर कार्य गरिहेको बताउनुभयो  

 

“तानसेन नगरका विभिन्न वडामा किसानको जीवनस्तर उठाउन हामीले कृषक पाठशाला सञ्चालन गर्ने तयारी गरिरहेको बताउदै रकारी उत्पादनलाई व्यवसायिकरण गर्दै उत्पादन भएको तरकारीको परिक्षण, प्राविधिक सल्लाह र बीउ–बिजन वितरणसम्मको सम्पूर्ण व्यवस्था नगरपालिकाले गर्दै आएको बताउनुभयो  

 

उनका अनुसार नगरपालिकाले कृषक समूहलाई हाते ट्र्याक्टर, मौरीपालन सामग्री, डिजिटल तराजु र उन्नत बीउ वितरण गरेको बताउनुभयो । उहाले पानी सञ्चयन प्रविधिबाट धेरै किसान तरकारीतर्फ आकर्षित भएको बताउदे  कृषकहरूको  वार्षिक आम्दानीमा वृद्धि  हुने बताउनुभयो । कार्यकम बिष्णु खातीको अध्यक्षता सम्पन्न भएकोथियो ।

Comments